
अ
+
अ
अ
-
काठमाडाैँ – प्याब्सन जिल्ला कार्यसमिति, भक्तपुरको आयोजना तथा अनुजा मेडिया प्रा.लि.को सहआयोजना एवम् व्यवस्थापनमा PABSON School Prince and Princess कार्यक्रम हुने भएको छ ।
प्याब्सन कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ र अनुजा मेडियाका अध्यक्ष अनुजा आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
अध्यक्ष श्रेष्ठले यस्तो किसिमको कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटन एवम् व्यक्तित्व विकासमा सहयोग हुने विश्वास व्यक्त गरे।
अनुजा मेडियाका संयोजक स्याफृन सिलवालले प्रतियोगिता ७-११ वर्ष तथा ११ वर्षभन्दा माथिको उमेरसमूहमा सञ्चालन हुने जानकारी गराए । कार्यक्रममा जिल्लाका वरिष्ठ उपाध्यक्ष राजन कसपाल, सचिव विजय कर्माचार्य, सूनपा प्याब्सन अध्यक्ष दिनेश मैनाली लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम असोज २७ गतेदेखि सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका १०० जना विद्यार्थीले पहिले नाम दर्ता गर्ने प्राथमिकता क्रमका आधारमा सहभागीता जनाउनेछन् ।