
बेलायती महारानी एलिजाबेथ द्वितियको निधन भएको छ। ९६ वर्षकी उनको निधन भएको राजदरबारले पुष्टि गरेको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ।
सात दशकसम्म गद्धीमा रहेकी महारानी एलिजाबेथ बेलायती राजपरिवारमा सबैभन्दा लामो समय सत्तामा रहने शासक हुन् ।
महारानी एलिजाबेथले स्थानीय समय अनुसार बिहीबार अपराहन्न बालमोरल कासलमा शान्तिपूर्ण रुपमा अन्तिम सास लिएको राजदरबारले जनाएको हो।
राजकुमार चार्ल्स अन्तिम समयमा आमा अर्थात महारानीको छेउमा उपस्थित रहेको जनाइएको छ। महारानीको स्कटिस हाइल्याण्डमा रहेको कासलमा निधन भएको हो ।
एलिजाबेथ सन् १९५२ को फेब्रुअरी ६ मा महारानी बनेकी थिइन् । ७३ वर्षका चार्ल्स अब बेलायतको राजा बनेका छन् ।
The Queen died peacefully at Balmoral this afternoon.
The King and The Queen Consort will remain at Balmoral this evening and will return to London tomorrow. pic.twitter.com/VfxpXro22W
— The Royal Family (@RoyalFamily) September 8, 2022