दार्चुला बाढी–पहिरो : पाँचजनाको शव भेटियो, केही बेपत्ता

दार्चुला बाढी–पहिरो : पाँचजनाको शव भेटियो, केही बेपत्ता
+
-

धनगढी – दार्चुलामा बाढी पहिरोमा परेर पाँचजनाको मृत्यु भएको छ । उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ ।

दार्चुला प्रहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको हो।

यस्तै महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको पनि शव भेटिएको छ। पहिरोले सल्लाका आठ घर पुरिएका छन् । स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ।

दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढी–पहिरोका कारण डेढ दर्जन घरहरू बगेका छन्। डुङुरीमा लास्कु खोलामा आएको बाढीले एकै घरका चारजना बेपत्ता भएको प्रहरी निरीक्षक मगरले बताए। यस्तै बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ।

खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढीले बगाएको छ। दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ। दार्चुला तिंकर सडक अवरुद्ध भएको छ। दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चार वटा जीपहरु महाकालीले बगाएको छ। महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्‍याएको छ।

उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएको छ। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

जिल्लाका बाढीपहिरो पीडितका लागि राहत लग्न लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। उनका अनुसार राहत बोकेको नेपाली सेनाको हेलिकोप्टर सुर्खेत हुँदै दार्चुला जानका लागि तयारी अवस्थामा रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?