
काठमाडौँ– युवा वर्ग माझ लोकप्रिय स्मार्टफोन ब्राण्ड ओपोले नेपाली बजारमा ओपो एफसेवेनको नयाँ भ्यारियण्ट एफ सेवेन युथ सार्वजनिक गरेको छ ।
युवा पुस्ताको माग तथा आवश्यकता दृष्टिगत गर्दै विशेष रुपमा तयार पारिएको एफसेवेन युथमा एआई व्युटी २ प्रविधिका साथै सुपर फुल स्क्रिन पनि उपलब्ध गरिएको छ ।
कम्पनीले नयाँ फोन सनराइज रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा उपलब्ध हुने जानकारी दिएको छ । कम्पनीले एफसेवेन यूथको मूल्य रु. ३१ हजार ५ सय ९० निर्धारण गरेको छ ।
नयाँफोन सार्वजनिक कार्यक्रममा ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले यो मोवाईलको क्यामेराले प्रयोगकर्ताका तस्विरलाई थप प्राकृतिक र उत्कृष्ट देखाउन मद्यत गर्ने बताए ।
फोटो परिमार्जन र सोसियल सेयरिङका लागि पनि ओपो एफसेवेन युथमा विशेष ध्यान दिइएको उनले बताए ।