प्रहरी र क्यानको सम्पर्कमा छैनन् सन्दीप, हराएकै हुन् त?

प्रहरी र क्यानको सम्पर्कमा छैनन् सन्दीप, हराएकै हुन् त?
+
-

काठमाडौँ- नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने नेपाल कहिले आइपुग्छन् भन्ने प्रश्न सबैको चासोको विषय बनेको छ।

सन्दीप कहाँ गए? हराएकै हुन् त? भन्ने प्रश्न सामाजिक सञ्जालमा उठ्न थालेको छ।

भदौ २६ गते दुईदिन अघि नै सन्दीप हिँडिसकेको भन्ने समाचार बाहिरिएको थियो तर उनी हालसम्म पनि नेपाल आएपुगेका छैनन्। न त उनी प्रहरी र क्यानको सम्पर्कमा छन्।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भरत बोहोराले हालसम्म लामिछाने प्रहरीको सम्पर्कमा नरहेको बताएका छन्।

‘हालसम्म उनी हाम्रो सम्पर्कमा छैनन्, भएको भए प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ, लुकाउने भन्ने कुरा नै छैन’, उनी भन्छन्, ‘उनी केहीदिन अघि नै त्यहाँबाट हिँडिसकेको भन्ने अपुष्ट समाचार फैलिए पनि त्यो सत्य होइन, उनी अहिलेसम्म नेपाल आएपुगेका छैनन्।’

सन्दीप नेपाल आइनपुगे प्रहरीले थप प्रक्रिया अघि बढाउने उनले बताएका छन्।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का महाप्रवन्धक (जिएम) बृतान्त खनालका अनुसार सन्दीप क्यानसँग पनि सम्पर्कमा आएका छैनन्।

उनी भन्छन्, ‘औपचारिक रुपमा सन्दीप क्यानसँग सम्पर्कमा आएको भन्ने मलाई कुनै जानकारी छैन।’

उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार भने सन्दीपले केही दिनअघि नै नेपाल आउन लागेको फ्लाइट टिकट रद्द गरेका थिए। सोहि क्रममा केहीदिन अघि नै सन्दीप हिँडिसकेको भन्ने समाचारले चर्चासमेत कमाएको थियो।

नाबालिकलाई बलात्कार गरेको भन्दै भदौ २१ गते साँझ गौशाला प्रहरी वृत्तमा लामिछानेविरुद्ध जाहेरी दर्ता भएको थियो।

उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ। १७ वर्षीया ती किशोरीले प्रहरी वृत्त गौशालामा लामिछानेले होटलमा पुर्‍याएर आफूमाथि पटक-पटक बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन्।

बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण संकलन गरिरहेको छ।

अनुसन्धानका क्रममा उनी बसेको भनिएको नगरकोट र काठमाडौँका होटलका सिसिटिभी फुटेज संकलन गरिएको प्रहरी परिसर काठमाडौँले बताएको छ। प्रहरीका अनुसार  थप अनुसन्धान भइरहेको  छ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले भने अनुमति दिइसकेको छ। त्यस्तै अध्यागमन विभागले पनि कालोसूचीमा राखेको छ। नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी अध्यागमन विभागले कालोसूचीमा राखेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?