छैटौँ महिला साफको सन्देश- आगामी दिन झनै मुस्किल

छैटौँ महिला साफको सन्देश- आगामी दिन झनै मुस्किल
+
-

काठमाडाैँ- नेपालले घरेलु मैदानमा सफलतापूर्वक छैटौँ संस्करणकाे महिला साफ च्याम्पियनसिपकाे आयोजना गर्‍याे। दशरथ रंगशालामा यो पटक अघिल्ला साफमा रहँदै आएका केही मानकहरू भत्किए। यद्यपि महिला साफले आगामी संस्करणहरू थप प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने सन्देश छाडेर गएको छ।

दशरथ रंगशालामा पहिलो पटक साफको १२ वर्षे इतिहासमा भारत सेमिफाइनलबाट बाहिरियो। त्यस्तै, पहिलो पटक साफमा नेपालले भारतलाई पराजित गर्‍याे। भारत पहिलो पटक साफमा बंगलादेशसँग हार्‍याे।

त्यस्तै, भुटानले प्रतियोगिताको इतिहासमा पहिलो जित निकाल्दै पहिलो पटक सेमिफाइनलमा स्थान बनायो। समग्रमा बंगलादेश पहिलो पटक च्याम्पियन बन्यो।

त्यसैले यो छैटौँ साफ धेरै अर्थमा पूराना मानक भत्काउने साफका रूपमा स्थापित रहेकाे हाे।

महिला साफको छैटौँ संस्करणमा भत्किएका मानकसँगै आगामी दिनमा साफ नेपालको हकमा झनै टाढा रहेको मान्छिन् वर्तमान कप्तान एञ्जिला तुम्बापाे।

उनी भन्छिन्, ‘हामीले शतप्रतिशत प्रयास गर्‍याैँ, तर उपाधि जित्न सकेनौँ। अर्को साफसम्म म हुँला या नहुँला। तर, आगामी दिन थप चुनौतीपूर्ण हुनेछ।’

कप्तान एञ्जिलाले नेपाली टिममा प्रतिभा भए पनि पर्याप्त एक्सपोज नपाएको गुनासो गरिन्।

‘हाम्रोमा खेल नै एकदम कम हुन्छ। अनि एक्सपोज नभइ प्रदर्शन राम्रो हुने संभावना रहन्‍न। त्यसैले आगामी दिनमा धेरे प्रतियोगिता र खेलले मात्र हामी उपधि जित्न सक्ने छौँ’, उनले भनिन्।

नेपाली टिमका प्रशिक्षक कुमार थापाले फाइनल जित्न नसकेको भन्दै राजीनामा दिँदै गर्दा आगामी दिन थप कठिन हुने दाबी गरे।

उनले भने, ‘साफमा यसअघि भारत र नेपालको दाबेदारी सधैँ बलियो थियो। अब बंगलादेशको उदयसँगै साफमा तीन टिम फाइनल पुग्दैनन्। त्यसैले नेपालका लागि आगामी दिन थप चुनौतीपूर्ण बन्नेछ।’

प्रशिक्षक थापाले यो चुनौती स्वीकारेर एन्फाले महिला फुटबल विकासका लागि दिर्घकालीन प्लान बनाएर अघि बढ्नु पर्नेमा जाेड दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?