डल्फिनले ल्यायाे दशैँ/तिहार विशेष अफर

डल्फिनले ल्यायाे दशैँ/तिहार विशेष अफर
+
-

काठमाडौँ- सन् १९९८ देखि सुरु भएको त्रिवेणी प्लास्टिक नेपालकै सबैभन्दा पुरानो प्लास्टिक उद्योग भएको डल्फिन  ब्रान्डका विक्रेता प्रमुख द्रोण न्यौपाने बताउँछन्।

उनी भन्छन्, ‘यसको २८ औँ वर्ष हामी यही असोज ७ गते मनाउँदै छौँ। नेपालमा पहिलोपटक प्लास्टिकको फर्निचर उद्योग सुरु गर्ने हामी पहिलो कम्पनी हौँ।’

डल्फिन ब्राण्ड त्रिवेणी प्लास्टिककै अंग हाे।

डल्फिनले कहिले पनि क्वालिटीमा कम्प्राेमाइज नगर्ने तथा डल्फिनसँग धेरै भेराइटीहरू भएकाले मानिसहरूले यसलाई रोज्नुपर्ने उनको भनाइ छ।

बारामा डल्फिनको फ्याक्ट्री भएको र यसको कच्चा पदार्थचाहिँ भारत तथा अन्य देशबाट आउने न्यौपाने बताउँछन्।

उपभोक्तालाई डल्फिन ब्रान्डका सामान लिन आग्रह गर्छन् न्यौपाने।

उनी भन्छन्, ‘हामी जहिले पनि क्वालिटी सामान नै दिने प्रयास गछौँ र दिइ पनि रहेका छौँ। र, समयसापेक्ष हामी नयाँ-नयाँ सामानहरू पनि ल्याउँदै जान्छौँ ।’

हालैमात्र डल्फिनले बच्चाका लागि कुर्सी र कफी टेबल पनि बजारमा ल्याएकाे छ। यहाँ १०० रुपैयाँदेखि ३ हजार ३२ सयसम्मको सामानहरू पाइन्छन्। यस्तै, सेटमा पनि २० हजारसम्मको सामानहरू पाइन्छ।

पिर्का, चकलेट फ्याक्ट्रीका लागि प्याक हुने जार, यस्तै डिडिसीहरूलाई दुधको क्रेटलगायत सामानहरू पनि डल्फिनमा पाइन्छ। यस्तै, त्रिवेणी प्लास्टिकमा टेबल कुर्सी, टि-टेबल, कफी टेबललगायत प्लास्टिकको फर्निचर आइटम पाइन्छ।

डल्फिनले आउँदो चाडपर्वलाई लक्षित गरी विभिन्न योजनाहरू ल्याएको छ। डल्फिनका फर्निचर सामान खरिद गर्दा कम्पनीले ग्राहकहरूलाई उपहार प्रदान गर्ने भएको हो।

कम्पनीका अनुसार यही मंसिर १६ गतेसम्म कम्पनीका उत्पादन खरिद गर्दा विजेताहरूले थाइल्याण्ड घुम्ने अवसर पाउनेछन् वा स्वदेशमै हेलिकप्टरमा तोकिएको क्षेत्रमा घुम्न पाउने कम्पनीले जनाएको छ।

यो योजना यही २०७९ भदौ १६ गतेदेखि मंसिर १५ गतेसम्म खरिद गर्ने ग्राहकहरूमा लागू हुनेछ। डल्फिन ब्राण्डका प्लाष्टिकका सामानहरू त्रिवेणी ग्रुपअन्तर्गत रहेको प्लाष्टो पोलिमर्स प्रालिबाट उत्पादन हुने नेपालकै अग्रणी स्थानको कम्पनी भएको न्यौपानेको भनाइ छ।

कम्पनीले गुणस्तरीय कच्चा पदार्थबाट आकर्षक कलर तथा उत्कृष्ट भेराइटीहरूमा आफ्ना प्रडक्टहरू उत्पादन गर्दै आइरहेकाे छ।
मुलुकभरका विभिन्न डिलरहरूमा उपलब्ध उक्त ब्राण्डका प्रडक्टहरू सहज र सरल रूपमा ग्राहकले किन्न सक्ने कम्पनीले बताएको छ।

डल्फिनको योजनामा कसरी सहभागी हुने ?

डल्फिन ब्रान्डका समानहरू खरिद गरेपछि उपभोक्ताले खरिद गरेको बिल मोबाइल नम्बर ९८४७६८३१०२ मा ह्वाट्सएप वा भाइबरमा पठाउनु पर्ने छ। प्राप्त भएको सबै बिलहरूमध्येबाट कम्पनीले गोलप्रथाबाट विजेताहरूको छनौट गर्नेछ।

विजेताहरूमध्येबाट केहीलाई थाइल्याण्ड टुर र केहीलाई नेपालकै कुनै स्थानमा हेलिकप्टरमार्फत घुम्ने अवसरछ। साथै केही जोडीलाई पाँचतारे होटेलमा एक रात बिताउने सुवर्ण अवसर प्रदान गरेको छ। साथै अन्य धेरै आकर्षक उपहारहरू पनि रहेको  कम्पनीले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?