
विष्णु तिवारी
असोज ८, २०७९

अ
+
अ
अ
-
सदर पाउन पठाएको हापिएछ फेरि
बाक्लो खुँदो खाएको छापिएछ फेरि।।
सदर बदर भन्छन् कतातिर फड्को
मनमा चिसो काम्लो खापिएछ फेरि।।
ढल्कियो आज कता सोझो पार्नलाइ
अड्डातिर च्याँखे दाउ थापिएछ फेरि।।
पल्टिएन पासा किन पोटपारि आफ्नै
थाङ्ना बालि सडकमा तापिएछ फेरि।।
पञ्च बर्षीय रजाइँ दपोट गर्न ‘बिष्णु’
कस्ता कति फलाकेथे नापिएछ फेरि।।

