शंकास्पद भारतीय पक्राउ परेपछि सुरक्षा व्यवस्था कडा

शंकास्पद भारतीय पक्राउ परेपछि सुरक्षा व्यवस्था कडा
+
-

चितवन – चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ ।

वर्षादको समयमा चोरीशिकारी कम हुने भएकाले गस्ती कम गर्ने गरिन्थ्यो । तर यस वर्ष वर्षाद् सुरु भएसँगै गएको साता निकुञ्जको पश्चिमी सेक्टर ‘सार्इँली माईली’ मा सातजना भारतीय नागरिक पक्राउ परेका छन् । त्यसको केही दिनमै निकुञ्जको पूर्वी सेक्टर ‘सुनाचुरी’ मा दुईजना भारतीय पक्राउ परेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले ‘सार्इँली माईली’ मा पक्राउ परेकाहरुले बाटो बिराएर छिरेको जनाएको र सुनाचुरीमा माछा मार्दै गर्दा पक्राउ परेको भए पनि शंकास्पद देखिएकोले उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको बताए ।

ती क्षेत्रहरुमा हात्तीसहितको स्वीप अप्रेशन गर्ने काम भइरहेको उनले बताए । ती व्यक्तिको साथमा केही नभेटिए पनि उनीहरुले हातहतियार लुकाएको हुनसक्ने भन्दै पश्चिमी र पूर्वी सेक्टरमा दिनहुँजसो स्वीप अप्रेशन भइरहेको उनले बताए ।

‘साईँली माईली’ भारतीय सीमा क्षेत्रमा रहेको वाल्मीकिनगरबाट झण्डै ६ घण्टाको यात्रापछि मात्रै आइपुग्न सकिन्छ । ती व्यक्तिहरुले हराएको जनाए पनि यतिभित्र कसरी र कुन उद्देश्यसहित आइपुगे भन्ने बारे अनुसन्धान भइरहेको उनले बताए ।

ती व्यक्ति भारतको वाल्मीकि नगरका हुन् । पूर्वी सेक्टरमा पक्राउ परेका अवैधरुपमा माछा मार्दै गरेका भएकाले उनीहरुको गतिविधिका बारेमा पनि अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउ परेकाहरुको बारेमा निकुञ्जले विस्तृत खुलाएको छैन । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले गएको वर्षमा असारदेखि भदौसम्म गस्ती कम हुने भए पनि यसवर्ष सुरक्षा चुनौती देखिएपछि हिउँदका महिना जस्तै गरी निकुञ्ज सुरक्षाका काम भइरहेको बताए ।

निकुञ्जभित्र कतिपय ठाउँहरुमा वर्षातको समयमा गाडी नजाने भएपछि हात्ती र पैदल गस्तीलाई तीव्रता दिइएको छ । अर्यालका अनुसार मध्यवर्ती क्षेत्रमा भने गाडीको प्रयोग गरी निकुञ्ज पूरैलाई घेरामा राखेर गस्ती भइरहेको छ ।

विसं २०७३ साल चैत २६ गते यता निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा मारिएको छैन । तस्करको चलखेल हुनसक्ने भन्दै निकुञ्जले गस्तीलाई वर्षभरि नै तीव्रता दिँदै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?