
काठमाडौं – फास्ट ट्रयाक विधिबाट चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक पारित नगर्न कांग्रेसले चेतावनी दिएपछि संसद बैठक आधा घण्टालाई स्थगित भएको छ ।
आध्यादेशमा भएमा महत्वपूर्ण विषयलाई तोडमोड गरी प्रतिस्थापन विधेयक पारित गराउने गरी कार्यसूचि आएपछि कांग्रेसले बैठकको कामकारबाही अघि बढ्न नदिने चेतावनी दिएको छ ।
बुधबारसम्म पारित भइसक्नुपर्ने विधेयक संसदको नियमित प्रक्रियाबाट जाँदा समय अपुग हुने भएकाले नियम निलम्बनमार्फत प्रस्तिथापन विधेयक पारित गर्न लागिएको हो ।
अध्यादेशमा भएका महत्वपूर्ण प्रावधानलाई तोडमोड गर्दा सार्वजनिक रुपमा हुने आलोचनालाई छल्न सरकारले फास्ट ट्रयाकबाट विधेयक पारित गर्न लागे पनि प्रतिपक्षी कांग्रेसले त्यसलाई साथ नदिने चेतावनी दिएको हो ।
प्रतिस्थापन विधेयकमा काठमाडौँ उत्पकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, मेडिकल कजेजको सम्बन्धन पाउन तीन वर्ष सञ्चालन नभए पनि हुने जस्ता प्रावधान प्रतिस्थापित विधेयकमा हटाइएको छ ।
त्यस्तै मेडिकल कलेज खोल्न आफ्नै अस्पताल नभए पनि सम्बन्धन दिन सकिने, मेडिकल कजेज खोल्ने आशयपत्र जहिले पनि दिन सकिने र सार्वजनिक शिक्षण संस्थामा दिँइदै आएको ७५ प्रतिशत छात्रवृति कटौती हुने प्रस्ताव प्रतिस्थापन विधेकमा गरिएको छ ।