युवतीको बलात्कारपछि हत्या आशंकामा दुई जना पक्राउ

+
-

धनगढी- कैलालीको गौरीगगा नगरपालिकामा मृत भेटिएकी एक युवतीको बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

तीन दिनदेखि हराइरहेकी २१ वर्षीया माया विक शुक्रवार वडा नम्बर ११ कै चपथली सामुदायिक वनको जंगलमा दुवै हात पछाडि बाधेको अवस्थामा मृत भेटिएकी थिईन्।

दुई हात पछाडि बाधिएको र अर्धनग्न अवस्थामा युवतीको शव फेला पारेपछि प्रहरीले युवतीको बलत्कारपछि हत्या भएको आशंकामा अनुसन्धान थालेको जनाएको छ। ‘मृत भेटिएकी युवतीको बलत्कारपछि हत्या भएको हुन सक्ने आशका छ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, ‘उक्त घटनाको अनुसन्धानका लागि प्रहरी नायव उपरिक्षकको नेतृत्वमा ८ सदस्यीय छानविन समिति गठन गरेका छौ। त्यसपछि सत्यतथ्य थाहा हुन्छ।’

घिमिरेले भने, ‘बलात्कारमा संलग्न भएको आशंकामा सोधपुछका लागि गौरीगंगाका उमेश चौधरी र गणेश वडवाललाई नियन्त्रणमा लिएका छौ। अन्यलाई पनि सोधपुछ गर्ने क्रम जारी छ।’

घटनाको अनुसन्धानका लागि गठन गरिएको समितिका सयोजक प्रहरी नायव उपरिक्षक हरि वलीले अनुसन्धान कार्यलाई तीव्र बनाईने बताए।उनले भने, ‘युवती मृत भेटिएपछि नै अनुसन्धान गरिरहेका छौ। अब घटनास्थलमै गएर केही दिनभित्रै सत्यतथ्य सार्वजिनक गर्छौ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक घिमिरे आफै आईतवार घटनास्थलमा गएका थिए।सो क्रममा युवतीका आफन्तले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?