प्रहरी हिरासतमा सन्दीप लामिछानेको पहिलो दिन

प्रहरी हिरासतमा सन्दीप लामिछानेको पहिलो दिन
+
-

काठमाडौँ- नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने बिहीबार बिहान काठमाडौं उत्रिए। काठमाडौं उत्रिनुअघि उनले गौशाला प्रहरीलाई एक पत्र लेख्दै आफ्ना वकिल सरोजकृष्ण घिमिरेका साथमा आफूले आत्मसमर्पण गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने भन्दै हतकडी नलगाउन आग्रह गरेका थिए।

तर, बिहीबार खराब मौसमबीच कतार एयरवेजमार्फत काठमाडौं उत्रिएका सन्दीपका लागि उनको ‘स्वागत’ भने उनले चाहेजस्तो भएन। प्रहरीले उनलाई आत्मसमर्पण गर्न दिएन। उनलाई फरार अभियुक्तको व्यवहार गर्दै एयरपोर्टमै हतकडी लगाएर गौशाला प्रहरी वृत लगिएको थियो।

गौशालामा पनि उनले आफ्ना वकिललाई साथमै राखेर प्रहरीसँग बयान दिन पाएनन्। प्रहरीले उनलाई एक्लै बयान लिएको थियो। यद्यपि उनले बयानपछि केही समय आफ्ना वकिल घिमिरेसँग कुरा गर्न पाएका थिए।

बयानअघि प्रहरीले सन्दीपलाई केएमसी अस्पताल लगेको थियो। प्रहरी स्रोत भन्छ, ‘सन्दीपलाई हामीले बिहीबार नै काठमाडौं मेडिकल कलेज (केएमसी) लगेर स्वास्थ्य परीक्षण गरेका छौं।’

स्वास्थ्य परीक्षण लगतै सन्दीपलाई गौशाला प्रहरी वृत्त लगेर बयान लिइएको थियो। प्रहरी स्रोत भन्छ, ‘सन्दीपले प्रारम्भिक बयानमा आफूमाथिका आरोपहरू अस्वीकार गरेका छन्।’ यद्यपि प्रहरीले अब सन्दीपसँग विस्तृत रुपमा बयान लिने छ।

यद्यपि सन्दीप अस्पताल भर्ना हुने जोखिम रहेको प्रहरी स्रोतले बतायो।  ‘उनले यसअघि नै मानसिक स्वास्थ्यको कारण देखाएर आफू आइसोलेसनमा रहेको बताएका थिए। उनले बिहीबारको प्रारम्भिक बयानमा पनि पूर्ण रुपमा स्वस्थ नभएको बताएका थिए। सोही कारण देखाएर अस्पताल भर्ना हुन सक्ने सम्भावना छ। यद्यपि हामीलाई बयानमा उनले पूर्ण साथ दिन्छन्, भन्ने विश्वास छ।’

प्रहरीले सन्दीपको म्याद थपका लागि आगामी सोमबार अदालत लाने तयारी गरेको छ। नेपाल प्रहरीले सन्दीपलाई २५ दिनभित्र अनुसन्धान गरेर अनुसन्धानको परिणामसहित अदालत समक्ष उनलाई पेश गर्नु पर्ने छ।

कहाँ थिए सन्दीप?

करिब एक महिनाअघि बलात्कार अभियोग लागेका सन्दीप लामिछाने तत्कालीन समयमा क्यारेबियन प्रिमियर लिगका लागि जमैकामा थिए। तर उनी त्यहाँ पुगेलगत्तै बलात्कारको आरोप लागे पनि तत्काल नेपाल भने फर्किएनन्। यो बीचमा प्रहरीले लामिछाने नफर्किएपछि इन्टरपोलमार्फत सूचना जारी गरेको थियो।

गत २३ भदौमा उनलाई प्रहरीले थप अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ पुर्जी जारी गरेको थियो। त्यसलगत्तै सन्दीपले २४ भदौमा समाजिक सञ्जाल फेसबुकमा पहिलो स्टाटस लेख्दै आफूलाई फसाइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने बताएका थिए। उनले सिपिएल छाडेर केही दिनमा स्वदेश फर्किने उल्लेख गरेका थिए।

उनले ९ असोजमा आफ्नो स्वास्थ्यमा समस्याका कारण आउनमा ढिलाइ भएको भन्दै अर्को स्टाटस लेखेका थिए। उनले मानसिक रुपमा आफु अस्वस्थ भएको भन्दै आफूलाई आइसोलेसन राखेको र आफू गम्भीर षड्यन्त्रको सिकार भएको उल्लेख गर्दै नेपाल फर्किने तरखरमा रहेको बताएका थिए। पछिल्लो पटक उनले १५ असोजमा आफू २० गते नेपाल फर्किन लागेको बताउँदै आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्ने बताएका थिए।

करिब एक महिनापछि बिहीबार नेपाल फर्किएका सन्दीप यसअघि अमेरिकाको फ्लोरिडामा थिए। उनी त्यहीँबाट टेक्सास, दोहा हुँदै कतार एयरवेजको विमानबाट नेपाल फर्किएका हुन्।

दिनभर तात्यो ‘सामाजिक सञ्जाल’

बिहीबार नेपाल उत्रिएलगतै सन्दीपलाई प्रहरीले एयरपोर्टबाटै हतकडी लगाएर गौशाला प्रहरी वृत्त लगेपछि सामाजिक सञ्जालमा भने उनलाई हतकडी लगाएको विषयले दिनभर स्थान पायो।

यसअघि जघन्य अपराधको आरोपमा थुनामा रहेका मोहम्मद अफ्ताव आलम तथा बलत्कारकै उजुरी परेका पुर्वसभामुख कृष्णबहादुर महारालाई हतकडी नलागाइएको फोटाहरु राखिएको थियो। कतिपयले कानुन सबैलाई बराबरी हुनुपर्ने भन्दै सन्दीपको हतकडी लगाउनु ‘ठूलालाई चैन र सानालाई ऐन’  भएको व्यंग्य गरेका थिए। कतिपयले भने फौजदारी मुद्दा लागेपछि हतकडी लगाउनु स्वभाविक भएको प्रतिकृया दिएका थिए।

यो पनि पढ्नुहोस्

सन्दीप लामिछाने: विश्वचर्चित प्रतियोगितादेखि पुलिस हतकडीसम्म

सन्दीप लामिछाने: विश्वचर्चित प्रतियोगितादेखि पुलिस हतकडीसम्म

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?