
काठमाडौँ – देशका अधिकांश क्षेत्रमा मनसुनी झरी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर मनसुन सक्रिए रहेको र आइतबार रातिदेखि नै पूर्वदेखि पश्चिमका अधिकांश क्षेत्रमा मनसुनी झरी परिरहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । यो झरी अझै केही दिन रहने सम्भावना छ ।
दिनभरको मौसम पनि यस्तै रहने मौसमविद नगरकोटीले जानकारी दिइन् । केही ठाउँको मौसम भने बदलीको अवस्थामा छ ।
काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा केही बेर पानी पर्न रोकिए पनि फेरि पानी पर्ने र दिनभर नै यस्तै रहने छ । पानी परिरहेका नदी किनार, तटीय क्षेत्र तथा पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने उनले बताइन् ।