काठमाडौँ – देशका अधिकांश क्षेत्रमा मनसुनी झरी परिरहेकाले बाढीको खतरा हुने भन्दै सचेत रहन जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
सोमबार पूर्वदेखि पश्चिमका चुरे तथा महाभारत शृङ्खला भएर बग्ने प्रायः सबै खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।
आज पुर्व देखि पच्चिम भागको चुरे र महाभारतबाट बहने प्राय सबै हरू मेची, बिरिङ, निन्दा, पथरी, कन्काई, बुढीखोला, त्रियुगा, खाडो, गागन, लालबकैया, कमला, पुर्वि राप्ती, बागमती, रिउखोला, बिनयखोला, बाणगङगा, पच्चिम राप्ती, बबई, मोहान, मछेली लगायत आसपासका नदीहरूमा उच्च सतर्क रहौं । pic.twitter.com/RrNAsoQpkF
— Nepal Flood Alert! (@DHM_FloodEWS) July 2, 2018
मेची, बिरिङ, निन्दा, पथरी, कन्काई, बुढीखोला, त्रियुगा, खाडो, गागन, लालबकैया, कमला, पूर्वी राप्ती, बागमती, रिउखोला, विनयखोला, बाणगङ्गा, पश्चिम राप्ती, बबई, मोहन, मछेलीसहितका नदी तथा खोलामा बाढीको खतरा छ ।
बागमती र नारायणी नदीको तटीय क्षेत्रका बासिन्दा पनि सचेत हुनु पर्ने देखिएको छ । मंगलबार बिहानैसम्म सचेत हुन आग्रह गरिएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































