दाङको देउखुरी उपत्यका जलमग्न

दाङको देउखुरी उपत्यका जलमग्न
+
-

दाङ – अविरल वर्षाका कारण दाङको देउखुरी उपत्यका जलमग्न भएको छ । पूर्व–पश्चिम राजमार्ग आस पासका बस्ती तथा नदी किनारका बस्ती जलमग्न भएका हुन् ।

पानीको निकास नहुँदा घरहरुमा पानी पसेको लमही नगरपालिका वडा नं. ६ खैरी निवासी सुदन खनालले बताए । ‘घरहरुमा पानी पसेको छ’ उनले भने ‘घर भित्रका सामान जोगाउन मुस्किल परेको छ ।’ पानी परिरहेकाले सतर्क रहन नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापति गंगारामभट्टराईले अनुरोध गरेका छन् ।

‘पानी धेरै परेकाले डुबानको खतरा छ । सबैलाई अनुरोध छ सतर्क रहनुहोस्’ उनले भने ‘सुरक्षित स्थानमा रहन सबैमा अनुरोध छ ।’ दाङ जिल्ला बाढीको उच्च जोखिममा पर्ने जिल्ला हो ।

राप्ती, बबई र अन्य नदी तथा खोलाका कारण डुबानको खतरा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिममा राखिएको छ ।

त्यसबाट करिब १ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमानसहित उच्च सतर्कता अपनाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिए ।

‘बाढीको उच्च जोखिम क्षेत्रमा राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका तीन दर्जन वडालाई तोकिएको छ’ उनले भने ‘बाढीको मध्यम जोखिम क्षेत्रहरुमा तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिकाका नदी आसपासका वडाहरुलाई तोकिएको छ ।’

जिल्लाको भालुवाङ, तुलसीपुरको उरहरी र घोराहीमा जिल्ला प्रशासन कार्यालयमा खोज उद्धार सामग्रीसहित एक÷एक वटा रवर बोट र खोज उद्धार टोली तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

साथै पहिरोको उच्च जोखिम क्षेत्रकारुपमा बंगलाचुली गाउँपालिकाका र शान्तिनगर गाउँपालिकाको वडा नम्बर १ र ३ लाई तोकिएको सूचना व्यवस्थापन अधिकृत दाहालले जानकारी दिए ।

पहिरोको मध्यम जोखिम क्षेत्रका रुपमा बबई गाउँपालिका वडा नम्बर २ र ३, बंगलाचुुली गाउँपालिका वडा नम्बर १,२ र ८, तथा राप्ती गाउँपालिकाको वडा नम्बर ९ रहेका छन् ।

दाङमा राप्ती नदिले चारवटा स्थानीय तहहरु राजपुर, गढवा, राप्ती र लमही नगरपालिकाका दुई दर्जन वडालाई प्रभावित बनाउने देखिएको छ ।

४ वटा स्थानीय तहका अधिकांश वडामा बाढी पस्यो भने एक हजार घरधुरी प्रभावित हुनेछ भने ५ हजार जनसंख्यालाई असर पर्ने देखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?