एनआरएनकी एस्लीले जितिन् ३ स्वर्ण

एनआरएनकी एस्लीले जितिन् ३ स्वर्ण
+
-

पाेखरा – नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला पौडीतर्फ एनआरएनएबाट सहभागिता जनाएकी एस्ली सापकोटा डंगोलले लगातार तीन स्वर्ण जितेकी छन्।

पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्समा आइतबार साँझ भएको पौडीतर्फका तीन इभेन्ट स्वर्ण जितेकी एस्ली अमेरिकास्थित क्यालिफोर्नियाबाट नवौं राष्ट्रिय खेलमा सहभागिताका लागि नेपाल फर्किएकी हुन्।

एस्लीले ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टायल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन्। शनिबार पहिलो स्वर्ण जित्ने क्रममा एस्लीले ५० मिटर बटरफ्लाइमा ३० सेकेन्डको समय लिंदै स्वर्ण जित्दा दोस्रो बनेकी आर्मीकी डुवाना लामाले ३२।१२ सेकेन्डको समय निकाल्दै रजत जित्दा नेपाल पुलिसका मेगन गुरूङले काश्य हात पारे।

त्यस्तै १०० मिनेटर फ्रि स्टायलमा एस्लीले १ मिनेट २।८४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन्। त्यस्तै आर्मीकी अनिशिया तन्डुकार १ मिनेट १।८३ को समय निकाल्दै रजत जित्दा पुलिसकी मेगन गुरूङले १ मिनेट ६।२ को समय निकाल्दै काश्य जितिन्।

प्रतियोगितामा लगातार तेस्रो स्वर्ण जित्ने क्रममा एस्लीलले २०० मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३६।४ सेकेन्डको समय निकालेकी थिइन्। दोस्रो भएकी आर्जु थापामगरले ३ मिनेट १७।९९ सेकेन्डको समय निकालेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?