विपद्का कारण कक्षा १२ का २७ विद्यार्थीको परीक्षा केन्द्र जुम्लामा कायम

विपद्का कारण कक्षा १२ का २७ विद्यार्थीको परीक्षा केन्द्र जुम्लामा कायम
+
-

जुम्ला – बाढी–पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा कक्षा १२ को परीक्षा केन्द्र जुम्ला कायम गरिएको छ। जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीको परीक्षर्थीको परिक्षा जुम्ला प्रशासनको पहलमा जुम्लामा कायम गरिएको हो। हवाइ जाहजले नियमित उडान नभर्ने र सडक अवरुद्ध भएपछि  २७ जना विद्यार्थी  परीक्षा केन्द्रमा पुग्न नसकेका हुन्।

त्यस्तै कक्षा १२ का  २७ जना परीक्षार्थीका लागि परीक्षा नियन्त्रण कार्यालयको स्वीकृतिमा केन्द्र जुम्लानै बनाई परीक्षा दिने व्यवस्था मिलाईएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्। उनका अनुसार परीक्षाको समयमा राजमार्ग पहिरोले अवरुद्ध भएको र हवाई जहाज अनियमित भएपछि विद्यार्थीको भविश्य अन्यौलमा नहोस् भन्दै प्रशासनले  पहल गरेको हो।

यसका लागी परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा वोर्डलाई विकल्पका लागि अनुरोध गरिएको थियो। सोही अनुसार विपतको समयमा नियन्त्रण कार्यालयले जुम्लामा स्विकृति दिएको बताइन्। उनीहरूको परिक्षा चन्दननाथ नमुना विद्यालयमा हुनेछ।

त्यस्तै परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अर्जुन रायमाझीले कठिन परिस्थितिमा विद्यार्थीको भविश्यलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको अनुरोधमा जुम्लामा परीक्षा सञ्चालन गर्न अनुमति दिइएको तथा पत्र समेत पठाइएको बताए।

परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा २०६ जनाको नाम लिष्ट गरिएको थियो। जसमा लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, बिरामीसहितका अन्य विद्यार्थीलाई पठाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष