सञ्जुले बाहुबलिको रेकर्ड तोड्यो, एक दिन सबैभन्दा बढि कमाउने हिन्दि फिल्म बन्यो

सञ्जुले बाहुबलिको रेकर्ड तोड्यो, एक दिन सबैभन्दा बढि कमाउने हिन्दि फिल्म बन्यो
+
-

जब निर्देशक राजकुमार हिरानीले एक वर्ष अगाडि सञ्जु बनाउने निर्णय गरेँ, तब यो चलचित्रले बलिउडमा केहि रेकर्ड राख्छ भन्ने अनुमान लगाइएको थियो।

यहि बेला सलामान खानको चलचित्र ‘रेस–३’ व्यर्थ भन्ने संज्ञा पाइरहेको बेलामा रनविर कपूर र राजकुमार हिरानीले प्रमाणित ग¥यो कि यो चलचित्रको कथावस्तु एकदमै उत्कृष्ट छ।

सञ्जय दत्तको रंगीन जिन्दगीमा बेनेको चलचित्रको कारणले रनवीर र निदेर्शक हिरानीले प्रशंसा पाइरहेका छन्।
यस्तै सञ्जुले आक्रमक व्यापार गरिरहेको छ। सन् २०१८ मा राम्रो कमाउने चलचित्रमात्र बनेन, यो जीवनिले हिन्दि चलचित्रमध्ये एकै दिनमा धेरैकमाउने चलचित्रमा किर्तिमानी पनि बनाएको छ।

यो भन्दा अगाडि रेस–३ सन् २०१८ मा सबैभन्दा राम्रो कमाई गर्ने चलचित्र भएको थियो।

सञ्जुले चलचित्र प्रदर्शनमा आएको हप्तामा नै एक सय २० करोड भन्दा धेरै व्यापार गरेको थियो।

पहिलो दिन ३७ दशमलव ७५ करोड, दोस्रो दिन ३८.६० र तेस्रो दिन ४६.७१ करोड संकलन गरेको छ। यसरी सञ्जुको कमाईले बाहुबलिको एक दिनको रेकर्ड तोडेको छ। बाहुबलिले तेस्रो दिनमा ४६.५० करोड कमाएको थियो भने, सञ्जुले ४६.७१ करोड कमाएको छ।

राजकुमार हिरानीले निर्दैशन गरेको सञ्जु १०० करोड क्लबमा प्रवेश गर्ने सातौँ चलचित्र हो। पद्मावत, सोनु कि टिकुकी स्वीटी, रेड, बागी–२, राजी, रेस–३ करोड क्लबमा पुगेका पछिल्ला चलचित्र हुन्। सञ्जु भारतभरको ५३ सय हलमा र नेपालमा पनि रिलिज भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?