
काठमाडौँ – मनसुनी न्युनचापीय रेखा नेपालतिर सरेकाले अहिले देशभर मनसुन सक्रिय अवस्थामा छ । केही दिनदेखि देशका धेरै ठाउँमा मनसुनी झरी परेको छ ।
पूर्वदेखि पश्चिमसम्मको मौसम बदली भएको छ । मंगलबार पनि देशभरको मौसम सामान्यतया बदली भएको छ । पूर्व र मध्यका क्षेत्रमा भने बाक्लो बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम क्षेत्रको मौसम सामान्यतया बदली हुनेछ ।
देशका धेरै ठाउँमा मध्मदेखि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए । पूर्व र मध्य क्षेत्रका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।