
धनगढी- डोटीको आदर्श गाउपालिका, १ चाँसीमा एकै गाउका पाँच जनालाई करेन्ट लागेको छ।
स्थानीयलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक लाल बहादुर धामीले दिएको जानकारी अनुसार चार जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।
विद्युतको पोल बाङगो भएपछि सोझो बनाउने क्रममा करेन्ट लागेर वडा नम्वर १ चासीका जय वहादुर खड्का, दिपक खड्का, कालु खड्का र हरी खड्काको घटनास्थलमै मृत्यु भएको धामीले बताए।
बम वहादुर खड्का गम्भीर घाईते भएकाले उपचारका लागि शैलेश्वरी स्वास्थ्य चौकी पठाईएको छ।
घटनास्थल टाढा र कच्ची बाटो रहेका कारण प्रहरी अझै घटनास्थलमा पुग्न सकेको छैन।
‘घटनास्थलमा प्रहरीको गाडी जान नसकेर प्रहरी टोली पनि ट्याक्टरमा जार्दैछ।
घटनास्थल पुग्न करीब एक घण्टा लाग्छ।’ डिएसी धामीले भने, ‘प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै घटनाबारे विस्तृतमा जानकारी हुन्छ।’