बनबासामा लुटिए दुई नेपाली

+
-

कञ्चनपुर- भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली सिमावर्ती भारतीय बजार बनबासामा बिहीबार लुटिएका छन्।

लुटिनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ फुलेलिएका २७ वर्षीय तेजबहादुर ऐर र अर्का उनकै छिमेकी छन्। दुवै जना भारतको नयाँ दिल्लीमा तीन महिना मजदुरी गरी घर फर्कदै गर्दा भारतीय सिमावर्ती बजार वनवासास्थित आम बगैँचा नजिक लुटिएका हुन्।

‘अपरिचित मोटरसाइकलमा आएका चार जनाले चक्कु देखाए,’ पीडित ऐरले भने। दुवै जनासँग रहेको मोबाइल, ज्याकेट, झोला र मजदुरी गरेर कमाएको नगद २० हजार भारतीय रुपैयाँ लुटेर लगेका छन् ।

बालबालिका र घर परिवारका लागि ल्याएको कपडासमेत लुटेराले लुटेर लगेको उनले बताए। लुटपाटपछि बेखर्ची भएका दुवै जना ३५ किलोमिटरको यात्रा पैदल तय गर्दै घर पुगेका छन् ।

यो पनि हेर्नुहोस्:

नेपालीबाट लुटिएको साढे तीन लाख रकम एसएसबीद्वारा गायब

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?