पत्रकार सम्मेलन गर्न बालुवाटार पुगेकी निहारिका प्रहरीको नियन्त्रणमा

पत्रकार सम्मेलन गर्न बालुवाटार पुगेकी निहारिका प्रहरीको नियन्त्रणमा
+
-

काठमाडौं- बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले केहिवेर नियन्त्रणमा लिएको छ ।

पत्रकार सम्मेलन गर्न भन्दै राजपुत बालुवाटार पुगेकी थिइन्।

‘प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा लिइएको हो, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली भन्छन्, ‘जहाँ पनि पत्रकार सम्मेलन गर्न पाइने भन्ने हुँदैन, त्यसैले हामीले त्यहाँ नबस्न आग्रह गर्दै केहिवेर नियन्त्रणमा लिएर छाडिसकेका हौं।’

शुक्रबार निहारिका सिंह राजपुतका छोराको डिएनए शिवराज श्रेष्ठसँग मिलेको छ।

विधि विज्ञान प्रयोगशाला काठमाडौंले उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का शिवराजको डिएनए ९९.९९ प्रतिशत मिलेको हो।

उच्च अदालत जनकपुरकी वैतनिक वकिल रिंकु यादवका अनुसार रिपोर्टले बच्चाको बाबु शिवराज नै भएको पुष्टि गरेको छ।

सुरुमा श्रीमानले खान लगाउन नदिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषा र प्रशासन कार्यालयमा निवेदन दिएकी राजपुतले पछि आफूमाथि बलात्कार भएको दाबी गर्दै जोहरी दिएकी थिइन्।

बलात्कारबारै छोराको जन्म भएको दाबी गर्दै उनले शिवराजलाई कानुनी दायरामा ल्याउन माग गर्दै अनशनलगायतका आन्दोलन समेत गर्दै आएकी थिइन्।

यसअघि २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गर्दा पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?