कतार विश्वकपः कस्तो होला युरोपियन टिमको प्रदर्शन? आँकडाले के भन्छ?

कतार विश्वकपः कस्तो होला युरोपियन टिमको प्रदर्शन? आँकडाले के भन्छ?
+
-

कतारमा आगामी ४ मंसिरबाट विश्वकप सुरु हुँदैछ। यसअघिका विश्वकप हेरेर कतार विश्वकपमा कुन टिम दाबेदार बन्लान्? सबैले अहिले उपाधि दाबेदारीमा आ-आफ्ना अनुमान गरेका छन्। तर सधैँ विश्वकपमा दबदबा बनाएको युरोपको इतिहास भने युरोप बाहिर तुलनात्मक रुपमा कमजोर छ। तर पनि युरोपको उपाधि दबदबा भने निरन्तर छ।

यसअघिका ६ विश्वकप यही फर्म्याटका आधारमा भएका छन्। जहाँ ३२ टिमले कुल ६ प्रतियोगितामा ३ सय ८४ खेल खेलेका छन्। १९९८ देखि २०१८ सम्मको आँकडामा युरोपियन टिमको दबदबा युरोप र युरोप बाहिर कति फरक पार्न सक्छ? प्रदर्शनमा किन एकरुपता हुन सक्दैन्?

के ठाँउले फरक पार्छ?


पछिल्ला ६ विश्वकपमध्ये तीन विश्वकप युरोपमा भएका थिए। जहाँ नकआउटको अन्तिम १६ का भिडन्तमा १० टिम युरोपियन नै रहे। जब युरोप बाहिर प्रतियोगिता भएका छन्, यो आँकडा औषत ७ टिममा रहन्छ। अर्थात युरोप बाहिर नकआउट आँकडामा युरोपियन टिमको उपस्थिति घट्दो दरमा रहन्छ। अनि दक्षिण अमेरिकी र एसियन टिमले नकआउटमा उपस्थिति बढाउने गरेका छन्।

छनोट चरण र फाइनल चरणको बीचमा हुने प्रदर्शनको कुनै तादम्यता रहन्छ?


पछिल्ला ६ मध्ये ५ विश्वकप विजेता युरोपियन टिम रहेका छन्। १९९८ को च्याम्पियन फ्रान्स आयोजकका रुपमा छनोट भएको बाहेक अन्य च्याम्पियन टिमले छनोट चरणमा सानदार प्रदर्शन गरेका थिए। अन्य चार युरोपियन च्याम्पियन इटाली (२००६),  स्पेन (२०१०), जर्मनी(२०१४) र फ्रान्स (२०१८) ले विश्वकप छनोटका क्रममा कि शतप्रतिशत जित निकालेर छनोट भएका थिए, कि एकमात्र खेलमा हार व्यहोरे। अर्थात यी टिमले ८० प्रतिशतमाथि खेल जित्दै विश्वकपमा स्थान बनाएका थिए।

यो वर्षको छनोटमा धेरै युरोपियन टिमले यो आँकडा पार गरेका छन्। जसमा डेनमार्कले सर्वाधिक ९५ प्रतिशत खेल जित्दा, इंग्ल्यान्ड र जर्मनीले समान ९० प्रतिशत खेल जित्दै विश्वकपमा स्थान बनाए।

त्यस्तै सर्विया र बेल्जियमले ८७.५ प्रतिशत खेल जित्दै छनोट भए। त्यस्तै स्पेन, स्वीटजरल्यान्ड र फ्रान्सले ८१.३ प्रतिशत खेल जित्दा क्रोएसिया र नेदरल्यान्डसले ८० प्रतिशत खेल जित्दै विश्वकपमा स्थान बनाए।

प्लेअफबाट छनोट भएका टिम कति असरदार?


६४ वर्षमा पहिलो पटक वेल्सले प्लेअफमार्फत विश्वकपमा स्थान बनायो। विश्वकप छनोटका लागि ‘ब्याग डोर’ मानिने प्लेअफबाट छनोट भएका टिमले भने फाइनल प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन गर्दै आएका छन्। त्यसैले देख्दा ब्याग डोरजस्तो भए पनि प्लेअफबाट विश्वकप पुग्ने टिमको रवाफ भने बलियो हुने गर्छ।

युरोपियन टिमहरुमा तुलना गर्दा प्लेअफबाट प्रतियोगितामा सहभागी भएका ६७ प्रतिशत टिमले नकआउटमा स्थान बनाउँदा छनोटमार्फत विश्वकपमा पुगेका ५७ प्रतिशत टिमले नकआउटमा स्थान बनाउने गरेका छन्।

पछिल्ला ६ विश्वकपमध्ये प्लेअफबाट विश्वकप खेलेका दुई टिमले विश्वकपको फाइनमा स्थान बनाएका थिए। जर्मनीले २००२ र क्रोएसियाले २०१८ को विश्वकप फाइनल खेलेका थिए। त्यस्तै क्रोएसियाले १९९८ र टर्कीले २००२ मा सेमिफाइनलमा स्थान बनाएका थिए। त्यस्तै तीन टिमले क्वाटरफाइनलमा स्थान बनाएका थिए।

डिफेन्डिङ च्याम्पियनको संघर्ष


१९९० देखि यता विश्वकपको साविक विजेता टिमले पाँचमध्ये एक पटक मात्र विश्वकपको नकआउट चरण पार गरेको छ। २००६ मा ब्राजिलले घानालाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो। अझ १९६२ यता कुनैपनि टिमले विश्वकप लगातार दोस्रो पटक जितेका छैनन्। अर्थात पछिल्ला १४ प्रतियोगितामा साविक च्याम्पियन टिम निरीह देखिएका छन्।

च्याम्पियनको दु:ख पहिलो खेलबाटै सुरु हुन्छ। पछिल्ला १२ प्रतियोगिताहरुमा १९७० मा इंग्ल्यान्डले रोमानियालाई हराएर विजयी सुरुवात गरेयता ३ पटक मात्र डिफेन्डिङ च्याम्पियनले पहिलो खेलमा जित हासिल गरेका छन्। अझ पाँचमध्ये चार विश्व च्याम्पियन टिम समूहचरणबाटै बाहिरिएका छन्।

किन यस्तो हुन्छ? किनकि फुटबलमा ४ वर्ष लामो समय हो, जहाँ पहिलो प्रतियोगितामा च्याम्पियन बनेको टिमको पहिलो रोजाइमा परेका खेलाडी दोस्रो प्रतियोगितामा आइपुग्दा पहिलो रोजाइमा पर्ने खेलाडी ५० प्रतिशत मात्र हुन्छन्।

२००६ को च्याम्पियन इटालीले २०१० को विश्वकपमा ३ खेलाडीलाई मात्र सुरुवाती ११ मा राखेको थियो। जतिबेला उसले पाराग्वेसँग बराबरी खेल्दै विश्वकपको सुरुवात गरेको थियो।

–एजेन्सीको सहयोगमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?