
एजेन्सी- विश्वमा चर्चित इनसाइक्लोपेडिया विकिपेडियालाई युरोपियन संघको संसदले प्रतिलिपी अधिकार हनन् गरेको आरोपमा इटालियन र स्पेनिश भाषाको संस्करणलाई बन्द गरिएदिएको छ।
विकिपेडियाले प्रतिलिपी अधिकार विवाद घटनालाई लिएर विरोध भएपछि इयू संसदको कानुनी मामिला समितिले भोटको माध्यमबाट इटालियन र स्पेनिश भाषाको संस्करणलाई बन्द गरिदिएको आइटी वेबसाइट टेक क्रन्चले उल्लेख गरेको छ। जसमा इयूले विकिपेडियाको दुई गल्तीहरु औल्याउँदै बन्द गर्ने निर्णय गर्दै भनेको छ,’पहिलो आर्टिकल १३ मा विकीले उपयोगकर्ताद्वारा प्रतिलिपी अधिकारको उल्लंघनको जिम्मेवारी लिनु पर्ने हुन्छ। यसका साथै विकिपेडियाले सामग्री अपलोड गरको र पुर्नलेखन गरेर सक्रियतापूर्वक लेखेको र आफ्नो प्रभाव पारेको छ।’
यस्तै आर्टिकल ११मा उल्लेख भए बमोजिम जसले आलोचचको रुपमा पत्रकारिता सामग्रीलाई लिंक गरेर अरु छिमेकीलाई नै व्यापारिक रुपमा प्रभाव कायम गर्ने लक्ष्य राखेमा कारबाही हुने बताइएको छ।
युरोपियन संघले भनेको छ ‘ संघको अधिकांश हिस्सामा आगन्तुकलाई एउटा ब्यानरसँग भेट गराउने गर्दछ, जसमा आफ्नै एमपीइलाई सेन्सरसीप मेसिनको रुपमा वर्णन गरिएको हुन्छ। यसले आलोचकलाई विरोधको लागि झन उक्साएको र खुल्ला इन्टरनेट जगतलाई रक्षा गर्नको लागि अपिल गर्न प्रेरणा गर्दछ। यसले
मूल्य, संस्कृति तथा पारिस्थितिक तन्त्रलाई कमजोर बनाउनेतिर प्रस्तावलाई पेश गरिएको छ। त्यो सब दोष विकिपेडियाले लिनु पर्दछ।’
तर यसको ठीक उल्टो सबै पाठकलाई लामो फेहरिस्त लेख्दै स्पेनिश विकिपेडियाले समुदायले भनेको छ, ‘ यदि उक्त प्रस्तावलाई वर्तमान संस्करणमा अनुमोदित गरिएमा सामाजिक सञ्जालमा आफ्नो कुराहरु खोज्न र पहुँचमा पुर्याउन धेरै अप्ठेरो र गाह्रो हुनेछ। विकेपेडिया नै जोखिममा पर्नेछ।’
विकि समुदायले ‘सेभ योर इन्टरनेट‘ नामक भियान चलाएर आर्टिकल १३ र ११को विरोधमा उत्रिएका छन्। उनीहरुले युरोपियन संघबाट नि:शुल्क र स्वतन्त्र इन्टरनेट तथा सार्वजनिक डोमेनको संरक्षण पक्षमा लड्ने चेतावनी समेत दिएका छन्।