
अ
+
अ
अ
-
धनगढी- श्रीमानको कुटाईबाट कैलालीको लम्कीचुहा नगरपालिकामा श्रीमतीको मृत्यु भएको छ।
नगरपालिकाको वडा नम्बर २ प्रतापपुरमा स्थानीय ३३ वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती ३२ वर्षकी गर्भा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुरुमा मृतकका श्रीमान ईन्द्रले श्रीमतीको लडेर मृत्यु भएको बताएका थिए। शंका लागेपछि ईन्द्रलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा कुटाईपछि गर्भाको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए।
उनका अनुसार बुधवार राती रक्सी खाई ईन्द्रले कुटदा गर्भाको मृत्यु भएको हो। गर्भाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ।
मृतका गर्भाको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको प्रहरीले बताएको छ।