६४ लाख रुपैयाँमा अनलाईन ट्रेडिङ सफ्टवेयरको युएटी हुने

६४ लाख रुपैयाँमा अनलाईन ट्रेडिङ सफ्टवेयरको युएटी हुने
+
-

काठमाडौं- भारतिय कम्पनी एकेएस ईन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेजले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अनलाईन ट्रेडिङ सफ्टवेयरको युजर एसेपटेन्स टेस्ट (युएटी) गर्ने भएको छ। नेप्से स्रोतका अनुसार ६४ लाख रुपैयाँमा युएटी गर्ने प्रस्ताव गरेको एकेएस ईन्फरमेसन टेक्नोलोजीलाई आगामी साता नेप्सेले छनौट गर्ने भएको हो।

युएटि गर्दा सफ्टवेयर निर्माता कम्पनी वाईकोले नेप्से सँग भएको करार सम्झौता, एसआरएस (सिस्टम रिक्वायरमेन्ट स्पेसिफिकेसन) बमोजिम सफ्टवेयर बने नबनेको परीक्षण गरिने छ। यस्तै सफ्टवेयरका सुरक्षा प्रणालीका बिषयमा पनि युएटी गर्दा हेरिने छ।

गत जेठ ११ गते युएटि गर्ने कम्पनीलाई छनोट गर्न नेप्सेले ३० दिने सूचना प्रकाशित गरेको थियो। गत असार १० गते अन्तिम दिन सम्म भारतिय कम्पनी एकेएस र क्याप स्टार्ट सर्भिसेजले युएटी गर्ने भन्दै नेप्सेमा आवेदन दिएमा थिए।

क्याप स्टार्ट सर्भिसेजले १ करोड ६० लाख रुपैयाँमा युएटि गर्ने प्रस्ताव गर्दा एकेएसले ६४ लाख रुपैयाँमै युएटि गर्ने प्रस्ताव गरेको थियो।

नेप्से स्रोतले भन्यो, ‘सरूमा हामीले दुबै कम्पनीको प्राविधिक प्रस्ताव अध्ययन गरेका थियौं। त्यसमा एकेएस सबल देखियो। एकेएसले बिगतमा पनि धेरै सफ्टवेयरको टेस्ट गरेको रहेछ। र आर्थिक रुपमा पनि एकेएस निकै सस्तो भएकाले अब आगामी बोर्ड बैठकले त्यसैलाई छनोट गर्छ होला।’

नेप्सेले युएटि गर्न १ करोड ५० लाख रुपैयाँ छुट्याएको भए पनि ६४ लाख रुपैयाँमै युएटि हुने भएको हो।

सफ्टवेयर युएटि भएपछि निर्माता कम्पनी वाईकोले सोही बमोजिम परिमार्जन गर्नेछ। र त्यसपछि मात्रै सेयर लगानिकर्ताले आफैं सेयरको खरिद बिक्रि गर्न सक्नेछन्।

नेप्से साउन १ गतेबाट अहिलेको ट्रेडिङ मेकानिम र अनलाईन सँग सँगै सञ्चालनमा ल्याउने बताई रहेको छ। तर युएटि नगर्दै सफ्टवेयर पूर्ण सञ्चानमा आउन नसक्ने नेप्सेका केहि अधिकारी बताउँछन्।

यो पनि पढ्नुहोस्

नेप्सेको अनलाईन सफ्टवेयर बन्यो; लगानीकर्ताले भने कारोबार गर्न असोजसम्म कुर्नुपर्ने

नेप्सेको अनलाईन सफ्टवेयर बन्यो; लगानीकर्ताले भने कारोबार गर्न असोजसम्म कुर्नुपर्ने

अनलाइन ट्रेडिङबारे केके भयो, केके बाँकी? ब्रोकरसँग नेप्सेको छलफल

अनलाइन ट्रेडिङबारे केके भयो, केके बाँकी? ब्रोकरसँग नेप्सेको छलफल

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’