पहिला जन्म, अहिले मिर्गौला दिइन् धनकुमारीले

पहिला जन्म, अहिले मिर्गौला दिइन् धनकुमारीले
+
-

खोटाङ– केपिलासगढी गाउँपालिका–३, बास्पानीका २८ वर्षीय मिर्गौला सम्बन्धि रोगबाट पीडित सुरेश दर्जीले पुनर्जन्म पाएका छन् ।
डेढ वर्ष अघिदेखि मिर्गौला रोगले पीडित भएर थलिएका सुरेशलाई बिहीबार उनकी ६४ वर्षीया आमा धनकुमारी दमाईले आफ्नो मिर्गौला उपलब्ध गराएर मिर्गौला प्रत्यारोपण सफल भएको हो ।

भक्तपुरस्थित अंग प्रत्यारोपण केन्द्रका डा पुकार श्रेष्ठलगायत स्वास्थ्यकर्मीको टोलीले सुरेशको सफल मिर्गौला प्रत्यारोपण गरेको प्रदेशसभा सदस्य राजन राईले बताए । “कमजोर आर्थिक अवस्थाका सुरेश दर्जीले बिहीबारदेखि पुनर्जन्म पाएका छन् ।” उनले भने, “यसमा विशेष धन्यवादका पात्र डा पुकार श्रेष्ठलगायत उहाँको टोली रहेको छ ।”

सुरेश दर्जीलगायत उहाँका परिवार प्रदेशसभा सदस्य राईको पारिवारिक सदस्यजस्तै भएर गाउँमा बस्दै आएका छन् । उहाँहरु एक आपसका सहयोगी हुन् ।

सानै उमेरमा बुबाले छाडेपछि प्रदेशसभा सदस्य राईको शरणमा रहनुभएका सुरेश र उहाँकी आमाको स्वास्थ्य अवस्था मिर्गौला प्रत्यारोपणपछि पनि ठीक रहेको डा श्रेष्ठले बताए । “उनीहरु दुवैको अवस्था अहिलेसम्म ठीक छ ।” उनले भने, “उनीहरुको घाउ ठीक हुनासाथ घर पठाइनेछ ।”

मिर्गौला रोगी सुरेशको उपचारमा अहिलेसम्म करीब रु सात लाख खर्च भएको प्रदेशसभा सदस्य राईले बताए । “सुरेशको उपचारमा हामीले कसैसँग सहयोग मागेनौँ ।” उनले भने, “परिवारका सदस्य तथा केही इच्छुक दाताले स्वतःस्फूर्त सहयोग गर्नुभएको छ । उहाँहरु सबैलाई हार्दिक धन्यवाद !”

सुरेशका बुबा टेकबहादुर दमाई अहिलेसम्म सम्पर्कविहीन रहेको स्थानीयवासीले बताएका छन् । सुरेशका दाजु दिलबहादुर दमाई फरक क्षमताका छन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?