
एजेन्सी- ‘हाइ ग्रेड क्यान्सर’बाट जुधिरहेकी भारतीय अभिनेत्री सोनाली बेन्द्रेले आफू दोस्रो पटक स्वस्थ हुनको लडिरहेको बताएकी छिन्। शुक्रबार विहान ट्विटरमा मधुकर भण्डारीको ट्विटरमा प्रतिक्रिया दिँदै उनले भनेकी छिन्, ‘धन्यवाद मधुकर। दोस्रो पटक फिट हुन कै लागि म क्यान्सरसँग लडिरहेकी छु।’
ट्विटरमा भण्डारीले सोनालीको स्वास्थ्यको कामना गर्दै स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए। साथै सोनालीले फिल्म इन्डस्ट्रीका धेरै नजिकका (जो उनीप्रति चिन्तित छन्) ट्विटमा धन्यवादको शब्द टक्र्याएकी छिन्।
Dear @iamsonalibendre you are wonderful human being, I am sure you will fight all the odds and overcome this situation. Wishing you a speedy recovery. Praying for strength for u @GOLDIEBEHL and ur family.🙏 https://t.co/KCao9AX9nq
— Madhur Bhandarkar (@imbhandarkar) July 4, 2018
यसका साथै उनले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘ कहिलेकाही जब तपाईलाई जीन्दगीमा कुनै आशभरोस नलागे तपाईलाई पछुतो लाग्नेछ। भर्खरै एउटा रिपोर्ट आयो। जसमा मलाई ‘हाई ग्रेड क्यान्सर’ भएको छ। त्यसअघि हामीलाई यसको बारेमा केही पनि थाहा थिएन। मेरो परिवार र मेरो साथीहरु मसँग धेरै नजिकमा हुनुहुन्छ। सबैले मलाई हेरचाह माया दिनुभएको छ। त्यकारण म भाग्यशाली छु।’
— Sonali Bendre Behl (@iamsonalibendre) July 4, 2018
उनले क्यान्सरसँग लड्ने यो भन्दा ठूलो र उत्तम उपाय कुनै नभएको बताउँदै आउने परिस्थितिको डटेर सामना गर्ने बताइन्। उनले भनेकी छिन्, ‘ म अहिले म न्यूयोर्कमा उपचार गराइरहेकी छु।म आशा गर्छु की आउने सबै परिस्थितिको सामना गर्न तयार छु। माया र हौसलाको लागि सबैप्रति आभारी छु।’