
काठमाडौं-कतारमा जारी फिफा विश्वकप फुटबलमा युरोपियन जाइन्ट नेदरल्यान्ड अफ्रिकन च्याम्पियन सेनेगलसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको छ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले गोलका केही सीमित मौका पाएपनि गोल गर्न सकेनन्। दुबै टिम पहिलो जित निकाल्दै नकआउटमा आफूलाई सुरुवाती खेलबाटै बलियो बनाउने लक्ष्यमा रहेका छन्।
सेनेगल आफ्ना स्टार स्ट्राइकर साडियो माने घाइते भएपछि दबाबमा मैदान उत्रिएको छ। यद्यपि उसले नेदरल्यान्डलाई पहिलो हाफमा रोक्दै खेलमा खेलमा आफ्नो दाबेदारी कायम राख्यो। सेनेगलले अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको थियो।