स्मार्ट सिटी कि भ्वाङ सिटी?

स्मार्ट सिटी कि भ्वाङ सिटी?
+
-

धनगढी-धनगढी उपमहानगरपालिकाको हसनपुर र नैनादेवी टोल जोडने चौराहाको कल्भर्टको बीचमा परेको ज्यानमारा प्वाल लामो समयसम्म पनि मर्मत नहुँदा दिनहुँ दुर्घटना भइरहेका छन्।

कल्भर्टको बीच भागमा विगत एक महिनादेखि ठूलो प्वाल परेको छ। तर उक्त कल्भर्ट मर्मतका लागि कसैले चासो नदेखाएको स्थानीय चक्र देउवाले गुनासो गरे। उनले उक्त ठाउँमा स्कुल कलेजका बिद्यार्थीहरु दैनिक दुर्घटनामा पर्ने गरेको बताए।

दिनभरि मानिसहरुको आवागमनले अति व्यस्त रहने यो कल्भर्ट नजिकै नेपाली कांग्रेसको पार्टी कार्यालय पनि छ। सोही सडक भएर कांग्रेसका नेताहरु पनि पार्टी कार्यालय आवतजातत गर्छन्। उपनगरपालिकाका कयौँ कर्मचारीहरु पनि यही बाटो भएर कार्यालय जाने गरेका छन्।

आफ्नै पार्टीका नेताहरु वडाअध्यक्ष, मेयर उपमेयरमा निर्वाचित भएर पनि भत्किएको सामान्य कल्भर्ट मर्मतका लागि पनि पहल नगरेको स्थानीय वन्दना श्रेष्ठको गुनासो छ।

उनले स्थानीय तहमा जनप्रतिनिधिहरु आएका बेलासमेत ससानो काममा लापरबाही भएपछि कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेझैँ महसुस भएको गुनासो गरिन्।

धनगढीलाई स्मार्ट सिटी बनाउने भन्दै नेताहरुले भोट मागेका थिए। ‘तर एक महिनासम्म पनि सामान्य कल्भर्टमा परेको प्वाल मर्मत गरिएको छैन, नेताहरुले स्मार्ट सिटी बनाउने भनेका हुन् कि प्वाल सिटी?’ स्थानीय श्याम खनालले प्रश्न गरे।

यो पनि हेर्नुहोस्:

गल्छी–मैलुङ सडक निर्माण एक वर्षमा बल्ल दश प्रतिशत

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?