
साउदी अरेबियाले आफ्नो फुटबल इतिहासकै सर्वाधिक सुनौलो जित निकालेपछि सार्वजानिक बिदाको घोषणा गरेको छ।
मंगलबार विश्वकप फुटबल अन्तर्गत समूह सी को आफ्नो पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनालाई २-१ ले पराजित गरेपछि साउदीले बुधबारका लागि सार्वजानिक बिदाको घोषणा गरेको हो।
साउदी प्रेस एजेन्सीका अनुसार क्राउन प्रिन्स मोहम्मद विन सलमानले खुसियाली मनाउनका लागि राजा समक्ष राष्ट्रिय विदाको घोषणा गर्न प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई राजा सलमानले स्वीकृत दिएसँगै सार्वजानिक बिदा हुने भएको छ।
साउदी अरेबियाले फुटबल इतिहासमै सर्वाधिक बलियो टिम विरुद्ध निकालेको यो पहिलो र ऐतिहासिक जित हो। साउदी अरेबिया विश्वकप फुटबलमा अहिलेसम्म नकआउट चरण पुग्न सकेको छैन्। अर्जेन्टिनालाई हराएसँगै साउदीको नकआउटको सपनामा समेत एक इँटा थपिएको छ।