लेवान्डोस्की पेनाल्टीमा चुक्दा मेक्सिकोसँग बराबरीमा रोकियो पोल्यान्ड

लेवान्डोस्की पेनाल्टीमा चुक्दा मेक्सिकोसँग बराबरीमा रोकियो पोल्यान्ड
+
-

फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको समूह ‘सी’ को दोस्रो खेलमा पोल्यान्ड र मेक्सीको बिच गोलरहित बराबरी भएको छ।

पोल्यान्डले मेक्सीको विरुद्ध दोस्रो हाफमा गोलको राम्रो अवसर सदुपयोग गर्न नसक्दा महत्वपूर्ण तीन अङ्क हासिल गर्न असफल रह्यो।

खेलको ५८ औं मिनेटमा स्ट्राइकर रोवर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न असफल भए। उनको प्रहार मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गरे।

मेक्सिकोका हेक्टर मोरेनोले लेवान्डोस्कीलाई फउल गर्दै पेनाल्टी क्षेत्रमा लडाएपछि भीएआरको सहायताबाट रेफ्रीले पोल्यान्डलाई पेनाल्टीको अवसर दिएका थिए। तर पोल्यान्ड पेनाल्टीमा चुक्न पुग्यो।

पोल्यान्डको यो सँगै विश्वकपमा तीन पेनाल्टी सेभ भएका छन्। यसअघि  १९७८ मा काजिमिरेज ड्यना, २००२ मा मासियऐज जुरवस्की र २०२२ मा रोवर्ट लेवान्डोस्कीले पेनाल्टी सेभ हुन पुगेको छ।

यो बराबरीसँगै अर्जेन्टिनालाई भने राहत महसुस भएको छ। अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग पराजित हुन पुगेको थियो। बराबरीसँगै पोल्याण्ड र मेक्सीकोले समान १ अङ्क जोडेका छन्। साउदी अरेबिया ३ अङ्क जोडेर शीर्ष स्थानमा रहँदा अर्जेन्टिना अङ्क विहीन छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?