रवि लामिछाने भन्छन् – विजय र्‍यालीको साटो धन्यवाद सभा गर्छु

रवि लामिछाने भन्छन् – विजय र्‍यालीको साटो धन्यवाद सभा गर्छु
+
-

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय र्‍यालीको साटो धन्यवाद सभा गर्ने बताएका छन्।

चितवन क्षेत्र नम्बर-२ बाट अत्यधिक मतान्तरले लामिछाने विजय भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् सम्पूर्णलाई धन्यवाद दिँदै उनले यस्तो बताएका हुन्।

उनले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनुमात्र नभइ जाँच दिन जानका लागि सक्षम हुनु रहेको उनकाे भनाइ छ।

‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आजबाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्षपछि मात्र आउँछ’,  उनले भनेका छन्, ‘म जनतालाई जिताउने जाँच दिन जाँदैछु, त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्नँ। म विजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १० गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा ‘धन्यवाद सभा’ गर्दैछु।’

लामिछानेले धन्यवाद सभामा आउँदा फूल, माला, अबिर, खादा केही पनि नल्याउन अनुरोधसमेत गरेका छन्।

‘क्रिपया त्यहाँ आँउदा मेरा लागि फूल, माला, अबिर, खादा केही पनि नल्याउनु होला। म आजबाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरूमा २ वटा बाकस हुनेछन्। एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ। त्यसमा  तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा ‘उजुरी, समस्या, सुझाव पेटिका’ लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला’, उनले लेखेका छन्।

लामिछानेले आफू भाेट माग्न नभ्याएका ठाउँमा काम गर्न आउने पनि बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?