सामाजिक सञ्जालमा झण्डाबाट ‘अल्लाह’ हटाइएपछि इरानले फिफासँग गर्‍याे गुनासो

सामाजिक सञ्जालमा झण्डाबाट ‘अल्लाह’ हटाइएपछि इरानले फिफासँग गर्‍याे गुनासो
+
-

अमेरिकाले आफ्नो झण्डाबाट इरानको ‘राष्ट्रिय प्रतीक’ हटाएको भन्दै इरानको फुटबल महासंघले फिफासँग गुनासो गरेको छ।

मङ्गलबार भएकाे विश्वकप बैठकअघि अमेरिकाले ट्विटर, फेसबुक र इन्स्टाग्राममा पोस्ट गरिएका ग्राफिक्समा इरानको झण्डाबाट अल्लाह शब्द हटाएको थियो।

इरानको झण्डामा हरियो र रातो रङको बीचमा सेतो रङमा ‘अल्लाह’ लेखिएको हुन्छ।

अमेरिकाले आधारभूत अधिकारका लागि लडिरहेका इरानी महिलाको समर्थनमा इरानको आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय गरेको छ।

सेप्टेम्बरमा प्रहरी हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि इरानमा सरकारविरोधी प्रदर्शन जारी छ। अमिनीलाई इरानको मोरालिटी पुलिसले हिरासतमा लिएको थियो।

तर, इरानी प्रहरीले मेहसाको हृदयघातका कारण मृत्यु भएको जनाएको छ।

इरानको आधिकारिक समाचार एजेन्सी इरनाले ‘अव्यावसायिक अडान लिएर अमेरिकाले अमेरिकी फुटबल महासंघको इन्स्टाग्राम पेजबाट इरानी झण्डाबाट अल्लाह शब्द हटाएकाे’ बताएकाे छ।

इरान फुटबल महासंघले फिफालाई इमेल पठाएको छ र अमेरिकी महासंघलाई कडा चेतावनी जारी गर्नसमेत आह्वान गरेको छ।

इरानले यसअघि अमेरिका र अन्य देशहरूले प्रदर्शनलाई उत्तेजित गरेको आरोप लगाउँदै आएको छ।

इरानले प्रदर्शनकारीमाथि गरेको कारवाहीपछि अमेरिकाले धेरै इरानी अधिकारीमाथि प्रतिबन्ध पनि लगाएको छ। अमेरिका र इरानबीच सन् १९८० देखि कूटनीतिक सम्बन्ध छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?