आर्टुडियोसँगको सहकार्यमा भित्ते कला परियोजना आयोजना

आर्टुडियोसँगको सहकार्यमा भित्ते कला परियोजना आयोजना
+
-

काठमाडौँ- भित्ते कला परियोजना २०७९ यहि मंसिर १२ गतेबाट सुरु भएको छ।

नेपाली कला समूह आर्टुडियोसँगको सहकार्यमा अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसबाट आएका प्रख्यात अमेरिकी कलाकार अलेहान्द्रो पोली जुनियर (“म्यान वन”) ले संयुक्त रुपमा काम गर्ने छन्।

कलाकार अलेहान्द्रो अल्पसङ्ख्यक र सामाजिक रूपमा बहिष्कृत समुदायहरूको आवाजको प्रवर्द्धन र सम्मान गर्न आयोजना गरिएको बाह्र दिने कार्यक्रममा सहभागी भइरहेका छन्।

नेपाली कला समूह आर्टुडियोसँगको सहकार्यमा म्यान वनले काठमाडौँ र जनकपुरका स्थानीय कलाकारहरूसँग सहकार्य गरी नेपालको जीवन्त बहुसांस्कृतिक समाजलाई कलाको माध्यमबाट प्रदर्शन गर्न सडक कला परियोजना आयोजना गरिएको हो।

नेपाली म्युरल (भित्ते चित्र) चित्रकार, ग्राफिटी (भित्ते लेखन) कलाकार, लोक र परम्परागत कलाका कलाकार तथा सर्जकहरूको समूहले मङ्सिर १२ गते एक प्रत्यक्ष कला कार्यशालामा भाग लिएका थिए। त्यस्तै आज भने कलाकार, सरोकारवाला र मिडियासँग अन्तरक्रिया कार्यक्रम राखिएको थियो। अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले नेपालको विगतको र हालको भित्ते चित्रको अवस्थाबारे सवाल उठाएका थिए।

त्स्तै म्यान वनले भने अमेरीकामा भित्ते चित्रहरुमा कसरी काम गरिन्छ, कस्ता कस्ता चित्रहरुलाई प्राथमिक्तामा राखिन्छ लगायतका विषयवस्तु प्रस्तुत गरेका थिए। साथै उनले उनको आफ्नै काम र “विरोध कला” (प्रोटेस्ट आर्ट) को रूपमा भित्ते चित्रको इतिहासका विषयमासमेत कुरा राखेका थिए।

नेपाली कलाकारहरूले अल्पसङ्ख्यकको समावेशिताको परिकल्पना समेटिएको अन्तिम चरणको भित्ते चित्र डिजाइनमा म्यान वनसँग संयुक्त रूपमा काम गर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?