ट्युनिसियासँग हारका बावजुत फ्रान्स समूह विजेता, १६ वर्षपछि अस्ट्रेलिया नकआउटमा  

ट्युनिसियासँग हारका बावजुत फ्रान्स समूह विजेता, १६ वर्षपछि अस्ट्रेलिया नकआउटमा   
+
-

फिफा विश्वकप अन्तर्गत जारी समूहचरणका अन्तिम खेलमा अप्रत्याशित नतिजा आउने क्रम जारी छ। बुधबार भएको खेलमा अफ्रिकन राष्ट्र ट्युनिसियाले साविक च्याम्पियन फ्रान्सलाई १-० ले पराजित गरेको छ। पराजयका बावजुत फ्रान्स समूह विजेता बन्दा जित निकालेको ट्युनिसिया भने प्रतियोगिताबाट बाहिरिएको छ। 

समूह डि अन्तर्गत भएका दुई खेलमा फ्रान्स ट्युनिसियासँग हार्दा अर्को खेलमा एसियन टोली अस्ट्रेलियाले युरोपियन टोली डेनमार्कलाई पराजित गर्दै १६ वर्षपछि विश्वकपको नकआउटमा स्थान बनायो। 

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सले समूहको अघिल्लो खेलमा उतारेको टिममा ९ खेलाडी परिवर्तन गरेको थियो। जसको फाइदा ट्युनिसियाले उठाएको थियो। यसअघिनै नकआउट चरणमा स्थान पक्का भइसकेकाले अधिकांश स्टार खेलाडीलाई आराम दिएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ट्युनिसियाले ५८औं मिनेटमा वाहबी खाजरीको गोल मार्फत खेलमा अग्रता बनाएको थियो।

एक गोलले पछि परेपछि फ्रान्स प्रशिक्षक डिडियर डेसच्याम्पसले अघिल्लो खेलमा गोल गरेका स्टार किलिएन एमबाप्पेदेखि एन्टोइन ग्रीजमन, एड्रिएन राविओटउसमान डेम्बेलेलाई मैदान प्रवेश गराए पनि फ्रान्सले बराबरी गोल फर्काउन सकेन।

इन्जुरी टाइमको अन्तिम मिनेटमा ग्रीजमनले फ्रान्सका लागि बराबरी गोल गरेपनि उक्त गोलले मान्यता नपाउँदा फ्रान्स प्रतियोगिताको पहिलो बराबरीको सिकार भयो।

समूह डी मा फ्रान्सले दुई जित र एक हारबाट ६ अंक जोड्दै समूह विजेता बन्यो। अष्ट्रेलियाले पनि डेनमार्कलाई अन्तिम खेलमा पराजित गर्दै फ्रान्ससमानअंक नै जोडेर उपिविजेता बन्यो।

फ्रान्सले अब अन्तिम १६ मा समूह सी को उपविजेतासँग खेल्ने छ। सन् २०१४ को विश्वकपमा क्वाटरफाइनमा जर्मनीसँग पराजित भएपछि फ्रान्सले विश्वकपमा पहिलो हार भोगेको हो।

१६ वर्षपछि अस्ट्रेलियाले दोहोर्‍यायो इतिहास

समूह डि कै अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई हराएसँगै  १६ वर्ष अघिको इतिहास दोहोर्‍याएको छ। समूह डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गरेपछि अस्ट्रेलिया समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्‍यो।

अल जानोब स्टेडियममा भएको खेलमा अस्ट्रेलियाका लागि म्याथ्यु लेकीले ६०औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो।

यसअघि  अस्ट्रेलिया २००६ मा जर्मनीमा भएको विश्वकपमा अन्तिम १६ मा पुगेको थियो। तर इटलीसँग पेनाल्टीमा पराजित हुँदै नकआउटबाट बाहिरिएको थियो।

समूह डी मा अष्ट्रेलिया र साविक विजेता फ्रान्सले समान ६ अङ्क जोडेपनि गोलअन्तरमा फ्रान्स अघि रहेर समूह विजेता बनेको हो।

अस्ट्रेलिया अब समूह सी को विजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?