सेनेगललाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा

सेनेगललाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा
+
-

कतार विश्वकप फुटबलमा इंग्ल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ। अन्तिम १६ को खेलमा सेनेगललाई ३-०  ले  पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो। अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र फ्रान्स प्रतिस्पर्धा गर्ने छन्।

अल बायत रंगशालामा आइतबार भएको खेलमा इंग्ल्यान्डले सहज रुपमा जित हासिल गरेको थियो। पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल थपेको थियो। इंग्ल्यान्डका लागि जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे।

खेलको ३८ औं मिनेटमा इंग्ल्यान्डले हेन्डरसनको गोलबाट खेलमा अग्रता लियो। जुड बेलिंघमको क्रसलाई हेन्डरसनले सदुपयोग गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा इंग्ल्यान्डले अग्रता दोब्बर बनायो।कप्तान केनले प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा काउन्टर अट्याकमा फोडेनले दिएको बल पेनाल्टी क्षेत्र भित्रबाट शक्तिशाली प्रहार गर्दै टिमको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा इंग्ल्यान्डले थप एक गोल गरेको थियो। ५७ औ मिनेटमा फोडेनको पासमा बुकायो साकाले गोल गरे। पेनाल्टी क्षेत्रभित्र डिफेन्डर बिट गरेर अघि बढेका‌ उनले फोडेनको पासलाई पहिलो टचमै गोलमा परिणत गरे।

इंग्ल्यान्डले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ। फ्रान्सले पोल्यान्डलाई ३-१ ले पराजित गर्दे नकआउटमा स्थान बनाएको थियो।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’