थाइल्याण्डमा गुफामा फसेकाको उद्धार अभियान

गुफामा फसेका बालकलाई बाहिर निकाल्न उद्धार टोली गुफामा

गुफामा फसेका बालकलाई बाहिर निकाल्न उद्धार टोली गुफामा
+
-

थाइल्याण्डको एक गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धार अभियान सुरु भएको छ । उद्धार टोली आइतबार पौने ९ बजे गुफामा प्रवेश गरेको टोलीका प्रमुख नारोङ्गसाक ओसोटानाकोर्नले बताए ।

उद्धारका लागि आवश्यक नरहेका कर्मचारी गुफाको प्रवेश द्धार वरपरबाट हटाइएका छन् । गुफा क्षेत्रमा गोताखोर, स्वास्थ्य टिम र सुरक्षाकर्मी रहेका छन् ।

उद्धार अभियानमा १३ जना विदेशी तथा पाँचजना थाइ नौसेनका सैनिक जुटेका छन् । उद्धारका लागि जुटेको टोलीले गुफाबाट चाँडोमा आइतबार बेलुका पौने ८ बजे एक बालकलाई बाहिर निकाल्ने अनुमान छ । सबैलाई उद्धार गर्न धेरै दिन लाग्ने सरकारी अधिकारीले बताएका छन् ।

गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका छन् । १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक गएको जुन २३ मा प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए ।

चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण बाटो निकस्ने बाटो बन्द हुँदा फसेका थिए । उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्नका लागि उद्धारकर्मीले सम्भावित विकल्प बारे छलफल गरिरहेका छन् ।

यसअघि उनीहरुले अभिभावकलाई चिठ्ठी लेखर चिन्ता नगर्न भनेका थिए । झण्डै दुई हप्तादेखि गुफामा फसेका बालकले आफ्ना अभिभावकलाई चिठ्ठी लेखेर भनेका थिए, ‘चिन्ता नलिनुस्… हामी सबै बलिया छौँ ।’

यस्तै बालकहरुसँगै गुफामा रहेका फुटबल प्रशिक्षकले छुट्टै चिठ्ठी लेखेर बालकका अभिभावकसँग माफी मागेका थिए ।

२५ वर्षका फुटबल प्रशिक्षक एकापोल चान्टावोङ्गले बालका अभिभावकलाई सम्बोधन गर्दै लेखेका थिए, ‘सबै बालकका प्यारा अभिभावक, अहिले सबै ठिक छन् । उद्धारकर्मीले हामीसँग राम्रो व्यवहार गरिरहेका छन् । सबै छात्रको मैले सकेसम्म राम्रो ख्याल गर्ने प्रतिबद्धता जनाउँछु । सहयोग गर्न आउने सबैलाई धन्यबाद । म सबै बालकका अभिभावकसँग माफी पनि माग्न चाहन्छु ।’

गुफामा पानी पसेका कारण उद्धारमा कठिनाइ भइरहेको छ । फसेका बालकले पौडी खेल्न नजानेका कारण उद्धार गर्न नसकिएको सरकारी अधिकारीले बताउँदै आएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?