कतार विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा स्पेन मोरक्कोबिचको खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएको छ। अब खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको छ। त्यसमा पनि बराबरी भए दोस्रो पटक खेल पेनाल्टी सुटआउटबाट टुंगिने छ।
खेलमा पहिलो तथा दोस्रो हाफमा दुबै टिमले गोलका केहि राम्रा अवसर सदुपयोग गर्न असफल हुँदा खेल गोलरहित बराबरीमा सकिएको हो। गोलरहित बराबरी भएपछि जारी विश्वकपको नकआउट चरणमा दोस्रोपटक खेल अत्तिरिक्त समयमा धकेलिन पुग्यो।
स्पेनले मोरक्को विरुद्धको खेलमा ७४ प्रतिशत खेल पोसेसनमा राखेपनि गोल गर्न भने सकेन्। स्पेनले कुल ७ सट प्रहार गर्दा मोरक्कोले ४ सट प्रहार गरेको थियो। जसमा दुबै टिमले समान १-१ सटमात्र टार्गेटमा राखेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































