नेपालमाथि स्कटल्यान्डको १७ ओभरमै जित

नेपालमाथि स्कटल्यान्डको १७ ओभरमै जित
+
-

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया जारी सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको छ।

नामिबिया, स्कटल्यान्ड र नेपाल समिलित त्रिकोणात्मक एकदिवसिय सिरिजको चौंथो तथा अन्तिम खेलमा नेपालले बिहीबार स्कटल्यान्डलाई जितका लागि १ सय १९ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा उक्त लक्ष्य स्कटल्यान्डले १७ ओभरमानै २ विकेट गुमाएर पुरा गर्यो।

स्कटल्यान्डका लागि जर्ज मुन्सीले ४५ रन बनाउँदा क्रिस्टोफर म्याकब्राइडले ४६ रनको नटआउट इनिङ खेले। त्यस्तै कप्तान रिची बेरिङ्गटन १२ रनमा नटआउट रहे। ओपनर क्याली कोटजर भने १६ रनमा आउट भएका थिए। नेपालका लागि गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिएका थिए।

स्कटल्यान्डसँग पराजित भएसँगै नेपाल सिरिजमा जितविहीन रह्यो। पहिलो खेलमा वर्षाका कारण नामिबियासँग १ अङ्क पाएको नेपालले त्यसपछिका लगातार दुई खेल गुमाउन पुग्यो।

त्यसअघि बिहीबार युनाइटेड क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ३५.३ ओभरमा १ सय १९ रन बनाउँदा अलआउट हुन पुगेको थियो। नेपालका लागि कप्तान रोहित पौडेलको ४७ रन सर्वाधिक रनका रुपमा रह्यो। उनी बाहेक दिपेन्द्र सिंह ऐरीले १४ रन बनाउँदा सोमपाल कामीले १६ रन जोडेका थिए। थप दोहोरो रनको स्कोरका रुपमा सागर ढकालको ११ रन रह्यो।

नेपाललाई सस्तैमा समेट्ने क्रममा ब्रान्डन मक्मुलेन, सफायन सरीफ र मार्क वाटले समान २-२ विकेट लिंदा क्रिस सोले, क्रिस्टोफर म्याकब्राइड र क्रिस ग्राभेसले समान १-१ विकेट लिएका थिए। जारी विश्वकप लिग टू मा नेपाल २४ खेलमा १८ अङ्क सहित छैटौँ स्थानमा रहँदा। स्कटल्याण्ड भने ३२ खेलबाट ४६ अङ्कका साथ पहिलो स्थानमा रहेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’