हरेक घटनाक्रममा कुशलतापूर्वक भूमिका निर्वाह गर्छौँ: सेना

हरेक घटनाक्रममा कुशलतापूर्वक भूमिका निर्वाह गर्छौँ: सेना
+
-

विराटनगर-मुलुकमा आइपर्ने हरेक घटनाक्रमलाई कुशलतापूर्वक निर्वाह गर्नसक्ने क्षमता नेपाली सेनामा रहेको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बताएका छन्।

मोरङको उत्तरी क्षेत्र याङ्शिलामा शुक्रबार श्रीकालीबक्स गणमा राष्ट्रिय सेवा दलद्वारा आयोजित कार्यक्रमका अवसरमा प्रधानसेनापति क्षेत्रीले नेपाली सेना मर्यादित र अनुशासनमा विश्वास राख्ने बताए। नेपाल सरकारको राष्ट्रिय युवा सशक्तीकरण अन्तर्गत ४४ अाैँ जुनियर डिभिजन तालिम एनसिसी दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले अनुशासन नै राष्ट्रसेवाको मुख्य आधार रहेको बताए।

उनले सेनाको मातहतमा रहेको राष्ट्रिय सेवा दलले आफनो स्थापनाकालबाटै दैवीप्रकोप उद्धार, प्राथमिक उपचार, नेतृत्व तथा व्यक्तित्व विकास, सामान्य सैनिक कला, विपद व्यवस्थापन लगायतमा स्वंयमसेवाको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने विश्वास पनि व्यक्त गरे।

तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा उनले दिक्षित भएका छात्र छात्रालाई बधाई पनि दिए।

तालिममा मोरङसहित विभिन्न ६ जिल्लाका बिद्यार्थीहरु सहभागी थिए। नेपाली सेनाले उनीहरुलाई एकसय दिन नेतृत्व, व्यक्तित्व तथा अनुशासन जस्ता बिषयमा तालिम प्रदान गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?