
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ।
बिहीबार ४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा देशभर २१९ पीसीआर तथा ५११ एन्टिजेन परीक्षण भएको छ।