
काठमाडौँ – प्रतिनिधिसभाको सोमबारको बैठकमा चिकित्सा शिक्षा विधेयकमा सरकारले गरेको परिमार्जनको विरोधमा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा सम्बन्ध सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुँदैछ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूचि रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुको प्रस्ताव र पार्वती डिसी चौधरी र अहतरकमाल मुसलमानको समर्थनमा शुक्रबार संसदयमा यो प्रस्ताव दर्ता भएको थियो । त्यहि दिन प्रस्तावलाई छ्लफलमा ल्याउन माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद बैठक अवरुद्ध पारेको थियो ।
तर त्यो प्रस्तावमा सोमबार छलफल हुने तय भएको हो । यस्तै सोमबारको बैठकमा संसदीय सुनुवाई समितिका लागि प्रस्तावित सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूचि पनि छ ।