जापानमा बाढी : १०० जनाको मृत्यु, ५० बेपत्ता

जापानमा बाढी : १०० जनाको मृत्यु, ५० बेपत्ता
+
-

जापानमा लगातारको वर्षासँगै आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । ठूलो वर्षाका कारण आएको बाढीका कारण कम्तिमा १०० जनाको ज्यान जानुका साथै ५० जना भन्दा धेरै बेपत्ता भएको जापान टाइम्सलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

जापानको पश्चिमी क्षेत्रमा बाढीले बढी प्रभाव पारेको छ । बाढीसँगै पहिरो पनि गएकाले क्षति बढी भएको हो । जापानको पश्चिमी क्षेत्रमा बिहीबारदेखि ठूलो पानी परेको छ ।

जुलाईको पूरै महिनाभर सामान्य रुपमा पर्ने पानीको तुलनामा पछिल्ला दिनमा तीन गुणा बढी पानी परेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढेकाले २० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

जापानमा अहिलेको जस्तो वर्षा यसअघि नभएको मौसम विभागका अधिकारीले बताएका छन् । पहिरोको लेदो तथा बाढीमा हराएकाको खोजी सोमबार बिहानैदेखि फेरि सुरु भएको छ । बाढी तथा पहिरोका कारण हिरोसिमा क्षेत्र बढी प्रभावित भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?