
काठमाडौँ – लगातारको वर्षासँगै पानीको बहाव बढेपछि देशभर पछिल्लो एक सातामा ४५ जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयका अनुसार घर भत्किएर, नदी तर्ने क्रम, नुहाने क्रममा, पानी जमेको खाल्डोमा परेर लगायत कारणले उनिहरुले ज्यान गुमाएका हुन्। यी घटनामा २० जना घाइते र नौ जना बेपत्ता रहेको सरकारी तथ्यांक छ।
बाँकेमा चार तथा रोल्पा, पर्सा, सिराहा र सिन्धुलीमा तीन/तीन जनाले ज्यान गुमाएका छन्। मकवानपुर,तनहुँ,बारा र रौतहट,मोरङ र नवलपरासी पश्चिममा एक/एक जनाले ज्यान गुमाएका छन्। अन्य १४ जिल्लामा एक/एक जनाले ज्यान गुमाएका छन्।