पोखरामा साइकल दौड, बाग्लुङ कालिकादेखि विन्ध्यवासिनीसम्म साइकल र्‍याली

पोखरामा साइकल दौड, बाग्लुङ कालिकादेखि विन्ध्यवासिनीसम्म साइकल र्‍याली
+
-

पोखरा – पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ। नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ।

तीन विधामा हुने ५० किमि दूरीको साइकल दौडको तयारी सकिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा सहभागी हुन कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँलगायत जिल्लाबाट तीन विधामा ६० जनाभन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेका छन्।

४० वर्षमुनिको महिला–पुरुष र ४० वर्षमाथि गरी तीन विधामा साइकल दौड हुनेछ। पोखरा–२१ को युवा वर्ष आधारभूत विद्यालय कमेरे नजिकैबाट सुरु भई सोही वडाको मट्टिखान, धुवारकोट, बाघखोर, भालुडाँडा हुँदै पुनः कमेरेमा आएर समापन हुने आयोजकले जनाएको छ। यो रुट दुई फन्को लगाएपछि ५० किलोमिटर दूरी पूरा हुने कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए।

प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार राखिएको छ।

४० वर्षमाथिको विधामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ।
४० वर्षमुनिको विधामा सान्त्वना हुने दुई/दुई जना महिला र पुरुष प्रतियोगीलाई ५÷५ हजार रुपैयाँ दिइने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए।

साइकल र्‍याली शनिबार

साइकल सिटी पोखराको आयोजनामा पुस ९ गते शनिबार ‘टुर दि पोखरा’ हुँदै छ। ‘थोपा–थोेपा इन्धन बचाऊँ’ नारासाथ छैटौँ संस्करणको साइकल र्‍याली हुन लागेको साइकल सिटीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक राजन गोंगजुले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए।

पोखराको प्रदर्शनी केन्द्रबाट सुरु हुने ¥याली नयाँबजार, महेन्द्रपुल, पालिखे चोक, तेर्सापट्टी, नालामुख, विन्ध्यावासिनी, बागबजार, टँुडिखेल, हरिचोक, मिरुवा, जिरो किमि, सभागृह चोक, बिपीचोक, महेन्द्रपुल, रानीपौवा, शितलादेवी, भद्रकाली स्कुल, मियाँपाटन, ३२ केभी, अमरसिंह चोक, कालिकाचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक हुँदै प्रदर्शनी केन्द्रमा आएर समापन हुने आयोजकले जनाएको छ। ¥याली बिहान साढे ७ बजेदेखि सुरु हुनेछ।

बागलुङ र पर्वतका विभिन्न गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘टुर दि पोखरा’ को पूर्वसन्ध्यामा बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म ¥याली पनि हुने कार्यक्रम संयोजक गोंगजुले जानकारी दिए। बिहीबार बिहान साढे ७ बजेदेखि बागलुङ कालिका मन्दिरबाट ७२ किलोमिटर दुरीको र्‍याली सुरु गरिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?