
काठमाडौँ- राहदानी विभागले राहदानी आवेदनका लागि गरिने अनलाइन बुकिङबारे हास्यास्पद सूचना जारी गरेको छ।
विभागले बिहान ११ बजे दिँदै आएको राहदानी आवेदनको अनलाइन बुकिङको समय दिउँसो ३:३० बजे बनाएको जानकारी उक्त सूचनामा दिएको छ।
राहदानी विभागले सूचना जारी गर्दै प्रायजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरुले पनि बिहान ११ बजेको आसपासमा बुकिङ खोल्ने गरेकाले सर्भरमा धेरै समस्या आउने गरेको उल्लेख गरेको छ।
सोही समस्यालाई मभ्यनजर गर्दै विभागले अनलाइन बुकिङका लागि ३:३० बजे समय निर्धारण गरेको निर्देशक कुमार राईले जानकारी दिए।
साइट नखुल्ने र सर्भरमा समस्या भएका कारण राहदानी आवेदनका लागि अनलाइन बुकिङ गर्ने काम झन्झटिलो र अप्ठ्यारो हुने गरेको छ । कुनै एक समयमा मात्र निश्चित समयका लागि निश्चित संख्यामा राहदानी बुकिङ खोल्दा सर्वसाधारण समस्यामा पर्ने गरेका छन्।