साइकल दौडमा हिक्मत, लक्ष्मी र नयन च्याम्पियन

साइकल दौडमा हिक्मत, लक्ष्मी र नयन च्याम्पियन
+
-

पोखरा – पोखरामा बुधबार भएको दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा हिक्मत विक, लक्ष्मी मगर र नयन मानन्धर च्याम्पियन बनेका छन्।

पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको साइकल दौडमा तीन विधाबाट उनीहरू विजेता बनेका हुन्।
४० वर्षमुनिको पुरुषतर्फ हिक्मत प्रथम हुँदा सन्दिप सुन्दौली द्वितीय र सुमित गुरुङ तृतीय भए। हिक्मतले निर्धारित ५० किमि दूरी ३ घण्टा १२ मिनेट, सन्दीपले ३ घण्टा २८ मिनेट ३४ सेकेण्ड र सुमितले ३ घण्टा ४८ मिनेटमा पार गरेको खेलकुद विकास समितिका सदस्य–सचिव सुवास खड्काले जानकारी दिए।

४० वर्षमुनिको महिलातर्फ लक्ष्मी प्रथम हुँदा सुधा राई द्वितीय र सोफिया विश्वकर्मा तृतीय भए। लक्ष्मीले निर्धारित ५० किमि दूरी ३ घण्टा ३९ मिनेट ४९ सेकेण्डमा पार गरेकी थिइन्। यो विधामा तीन जना मात्रै प्रतिस्पर्धी भएकाले एक राउण्ड पार गरेका सुधा र सोफियालाई द्वितीय र तृतीय घोषित गरिएको हो।

४० वर्षमाथिको पुरुष विधामा नयन प्रथम हुँदा देवबहादुर बोहरा द्वितीय र बाबुराम विश्वकर्मा तृतीय भए। मानन्धरले ३ घण्टा ५१ मिनेट १६ सेकेण्ड, बोहराले ४ घण्टा १ मिनेट २५ सेकेण्ड र विकले ५ घण्टा ८ मिनेट २७ सेकेण्डमा निर्धारित दूरी पार गरेको खड्काले जानकारी दिए।

प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार पाएका छन्। ४० वर्षमाथिको विधामा प्रथम हुनेले १० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार पुरस्कार पाए। ४० वर्षमुनिको विधामा सान्त्वना हुने दुई जना पुरुष प्रतियोगीले ५्\५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पाएका छन्। चौथो भएका सुमन विक र पाँचाैँ भएका शिवप्रसाद थारुले उक्त पुरस्कार पाएका हुन्।

पोखरा–२१ कमेरेबाट सुरु भई सोही वडाको मट्टिखान, धुवारकोट, बाघखोर, भालुडाँडा हुँदै पुनः कमेरेमा आएर साइकल दौड समापन भएको थियो। यो रुट दुई फन्को लगाएपछि दूरी पार भएको थियो। नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?