
अ
+
अ
अ
-
लमजुङ कृषि क्याम्पस सुन्दरबजारको सभाहलमा कवि नवराज पराजुलीका कविता र सम्यक महर्जनको बाँसुरीमा कविता कन्सर्ट शुक्रबार सम्पन भएको छ।
आधा दर्जन कविता वाचन गरिएको उक्त कार्यक्रमको आयोजना लमजुङ कृषि क्याम्पसका युवा बिद्यार्थीको साहित्यिक संस्था ‘स्पन्दन साहित्यिक समाज’ र ‘रिडर्स क्लब,सुन्दरबजार’ले गरेका थिए। ‘सगरमाथाको गहिराइ’बाट कार्यक्रमको उद्घाटन गरेका कविले कविता वाचन गर्दासम्म शान्त र भावुक बसेको हल कविताको समापनपश्चात् तालीको आवाजले गुन्जायमान भएको थियो।
दर्शकश्रोताले खचाखच भरिएको कार्यक्रममा कविले क्रमशः ‘खोया’, ‘च्याउ’, ‘मोक्ष’, ‘हेब्बी बड्डे’, ‘मैझारो’ कविता सुनाएका थिए।
