गृहमन्त्री लामिछानेकाे याेग्यतासम्बन्धी मुद्दाकाे पेसी पुस २२ गते ताेकियाे

गृहमन्त्री लामिछानेकाे याेग्यतासम्बन्धी मुद्दाकाे पेसी पुस २२ गते ताेकियाे
+
-

काठमाडाैँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको योग्यतासम्बन्धी मुद्दाकाे सुनुवाइका लागि पेसी ताेकिएकाे छ।

सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले पुस २२ का लागि पेसी ताेकेकाे हाे।

युवराज पौडेल (सफल)ले रवि लामिछानेले २०५० सालमा लिएको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको दाबी गर्दै उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको दाबी गर्दै रिट निवेदन हालेका थिए।

त्यस्तै, अधिवक्ताद्वय रविराज बसौला र नाबीबाबु खत्रीले पनि लामिछानेको उम्मेदवार हुन आवश्यक पर्ने नेपाली नागरिकता नै नभएको दाबी गर्दै रिट हालेका थिए।

उक्त रिटमा सर्वाेच्च अदालतले पुस ६ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियाे। रिटमा सुनुवाइ गर्दै अदालतले ‘कारण देखाऊ’ आदेश जारी गरेको थियाे‍।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अदालतले पुस २२ गते दुवै पक्षलाई बोलाएर छलफल गर्नेछ। छलफललेअन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे निर्णय गर्नेछ।

सर्वोच्चको संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?